लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने काम सुरु

काठमाडौं। नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने काम सुरु गरेको छ ।

उक्त प्रविधिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गर्नुभयो । सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन प्रविधि जडान गरिएको बताउनुभयो ।

निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिनुभयो ।

उक्त डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाखदेखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल/मट्टितेल र हवाई इन्धन बिक्री हुँदै आएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..