शिवपुरीका किसानलाई प्रतिलिटर दुधमा ३ रुपैयाँ अनुदान

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाले किसानहरुलाई दुधमा अनुदानको व्यवस्था गरेको छ ।

गाउँमा दुध उत्पादक किसानहरुलाई प्रोत्साहन दिने र दुध उत्पादनलाई बढाउनका लागि गाउँपालिकाले उत्पादनको आधारमा प्रतिलिटर ३ रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरेको हो ।

गाउँपालिकाको तर्फबाट प्रतिलिटर ३ रुपैयाँ र पालिकाभित्र सञ्चालित दुग्ध डेरी र सहकारीले ५० पैसा अनुदान दुध उत्पादक किसानहरुलाई दिने निर्णय गरेको छ ।

अनुदान पाउनका लागि किसानहरुले आधिकारिक निकायमा दर्ता भएका सहकारी डेरीमा मात्र दुध बेचेको हुनुपर्ने छ ।किसानले उत्पादन गरेका दुध बजारमा बिक्री गरेको रेकर्ड अनुसार पालिकाले दुधमा प्रतिलिटर अनुदान उपलब्ध गराउने शिवपुरी गाउँपालिकाको पशु शाखाले जनाएको छ ।

यसैबीच, शिवपुरी गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक समीक्षा कार्यक्रम सम्पन्न भएकोे छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..