निर्देशक बन्दै महानायक राजेश हमाल

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल निर्देशक बन्ने भएका छन् । उनले छिट्टै नेपाली चलचित्रको निर्देशन गर्न लागेको खुलाशा हमाल आफैले गरेका छन् ।
उनले एक टेलिभिजन सो मा कुराकाी गर्दै आफूले छिट्टै एउटा फिल्मको निर्देशन गर्न लागेको कुरा बताएका हुन् । हमाल नेपाली चलचित्र क्षेत्रको एउटा पक्षको रुपमा स्थापित भएका नायक हुन् । निरन्तर ३ दशकभन्दा बढी समय नेपाली चलचित्र क्षेत्रमा बिताएका हमालले पछिल्लो समय एउटा फिल्म निर्देशन गर्ने तयारी गरिरहेका छन् ।
उनले कस्तो खालको फिल्म भन्ने बारेमा भनेकेही पनि खुलाएका छैनन् । उनले फिल्म आर्फै गर्ने कि निर्देशनमा मात्र गर्ने भन्नेसमेत खुलाएका छैनन् । तर उनले आफूले छिट्टै एउटा फिल्म निर्देशन गर्ने पक्का भएको बताएका छन् ।
पछिल्लो समय हमाल म्युजिक भिडियोमासमेत व्यस्त रहेका छन् । कोरोना समयमा हमालले खेलेका म्युनिक भिडियोहरु दर्शक तथा स्रोताहरुले मन पराएका छन् ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..