कोरोनाको दोस्रो प्रकारले महामारीको रुप लिदैँ, जापानको ४ प्रान्तमा संकटकाल घोषणा

एजेन्सी । कोरोना महामारीको दोस्रो प्रकारले माहामारीको रुप लिन थालेको छ । कोरोनाका दोस्रो प्रकारका कारण अहिले विभिन्न देशहरुले दोस्रो चरणको लकडाउन गर्दै आएको छ । युरोपेली मुलुकहरुले यस अगाडि नै लकडाउन गर्न थालेका छन् । त्यस्तै अहिले जापनले पनि एक महिनाको लाचिग स्वास्थ्य संकटकाल घोषणा गरेका छन् ।

जापानको राजधानी टोकियो, कांगवा, साइतामा र चिबा प्रान्तमा आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमण थप फैलँदै गएपछि जापान सरकारले आजदेखि लागू हुनेगरी आपतकाल घोषणा गरेको हो।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले संक्रमण थप नफैलियोस भन्दै आजदेखि लागु भै फेब्रुअरी ७ अर्थात एक महिनाका लागि आपतकाल घोषणा गरेका हुन । प्रधानमन्त्री सुगाले कोरोना संक्रमण उच्च भएपछि त्यसलाई रोक्न आपतकाल लगाइएको बताए।

प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गरेका छन । अनलाइनमार्फत किनबेच गर्नेगरी व्यापार व्यवसाय सञ्चालन गर्न पनि सरकारले अनुरोध गरेको छ।

आजदेखि एक महिनासम्म रेस्टुरेन्ट र बारमा विहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्र जाँड, रक्सी बिक्री वितरण गर्न पाइने छ भने राती ८ बजेपछि बन्द गर्नुपर्ने नियम लगाइएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन पनि सरकारले अनुरोध गरेको छ।

जापानमा पछिल्लो समय दैनिक ५०० को संख्यामा कोरोना संक्रमितहरु फेला परेको कोरोना भाइरस संक्रमण नियन्त्रणको जिम्मा पाएका जापान सरकारका एक मन्त्री यासुतोसी निसिमारालाई उद्धृत गर्दै द जापान टाइम्सले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..