गर्मीमा खरबुजा एक, फाइदा अनेक, खरबुजा खानुस्, यस्ता छन् फाइदा

गर्मीयाम सुरु भइसकेको छ । गर्मीमा झोलिलो पदार्थ सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसमा पनि यो मौसममा खरबुजा खानुको मज्जै बेग्लै हुन्छ । ९० प्रतिशत पानीले भरपुर खरबुजा गर्मीमा तिर्खा मात्र मेटाउँदैन, बरु यो स्वास्थ्यका लागि पनि कमालको फल हो ।

सुन्दर छालाका लागि

…खरबुजा खानुस पनि लगाउनुस पनि । हो, खरबुजामा कयौ एन्टीअक्सिडेन्ट हुन्छ, जसले छालामा निखार ल्याउन सहयोग पुराउने गर्दछ । साथै यसले छालालाई रुखो बनाउनेवाला तनाव र थकानलाई पनि टाढा गर्दछ । एउटा पातलो स्लाइस काटेर यसलाई विस्तारै विस्तारै मल्नुस् र केहीबेरका लागि अनुहारमा नै लगाइदिनुस् ।

तौल घटाउनका लागि

…खरबुजा खानुस् । फिगर राम्रो राख्नका लागि अक्सर मानिसहरु काना क मगर्दछन् । तर केही खाएर नै तौल घटिरहेको छ भने त्योभन्दा राम्रो अरु के हुन सक्दछ । कयौ डाइटीशियन गर्मीमा ‘वाटर मेलन डाइट’ गर्न सल्लाह दिने गर्दछन् । निकै कम क्यालोरी र धेरै पानी भएको खरबुजाले चाँडै नै पेट भरिन्छ, तब गर्मीमा कोल्ड ड्रिङ्कको स्थानमा खरबुजाको रसको फाइदा उठाउनुस्।

क्यान्सरबाट बच्नका लागि

क्यान्सरबाट बच्न पनि खरबुजा सेवन गर्नुस् । कयौ शोधहरुका अनुसार खरबुजामा पाइने तत्वले प्रोस्टेट क्यान्सर, ब्रेस्ट क्यान्सर र पेटमा हुने क्यान्सरको खतरा कम गर्दछ । त्यसैले गर्मी मौसममा खरबुजा खाने अवसर कुनै पनि हालतमा नगुमाउनुस् ।

किड्नीका लागि

किड्नीका लागि पनि खरबुजा राम्रो मानिन्छ । किनभने खरबुजा त्यो फलमध्येमा पर्दछ, जसमा पानीको मात्रा धेरै नै बढी हुन्छ । चिया, कफी, कोल्ड ड्रिङ्क जब किड्नीमा गएर फिल्टर हुन्छ तब त्यसले कयौ हानिकारक तत्व पनि छोडेर जान्छन् तर खरबुजाको रस जब फिल्टर हुन पुग्दछ तब आफ्नो साथमा कयौ प्रकारका भिटामिनका फाइदा लिएर जान्छ ।

आँखाका लागि

आँखाका लागि पनि खरबुजा उत्तम मानिन्छ । यसमा भारी मात्रामा बीटा कैरोटिन हुन्छ । जुन शरीरमा गएर भिटामिन एमा परिवर्तन हुन्छ । भिटामिन ए आँखाको रेटिनाका लागि राम्रो हुन्छ र कयौ प्रकारका इन्फेक्शनबाट बचाउने गर्दछ । हरेक दिन एक कचौरा खरबुजा खानु आँखाका लागि लाभदायी हुन्छ ।

र, सजाउनका लागि

सजाउनका लागि पनि खरबुजा निकै सुन्दर हुन्छ । होटल, रेष्टुरेन्टमा खरबुजालाई खाने टेबुलमा सजाउनका लागि पनि प्रयोग गरिन्छ । रातो र हरियो रङ्ग यो सुन्दर फलको अरुपनि धेरै फाइदा छ । यसले तपाईको ब्लड प्रेशर ठिकमा राख्दछ । डिप्रेशनलाई टाढा राख्न र मुटुलाई पनि बलियो बनाउँछ । एजेन्सीहरु

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..