विदेशबाट फर्केकालाई बिना धितो ऋण उपलब्ध गराउने योजना कार्यान्वयनमा

जनकपुरधाम । प्रदेश २ सरकारले बिना धितो ऋण लिएर विदेश जान सक्ने योजनालाई कार्यान्वयमा ल्याएको छ ।

वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्था अन्त्य गर्ने लक्ष्य लिई विना धितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको हो । प्रदेश २ को सरकारको सीप विकास परियोजना, नेपाल एसबीआई बैंक र प्रभु विकास बैंकबीच भएको सम्झौताअनुरूप योजनालाई प्रभावकारी बनाइएको हो ।

योजनाअन्तर्गत सीप विकास परियोजनाको सहयोगमा वैदेशिक रोजगारमा जाने युवालाई बिना धितो सहुलियत दरमा ऋण प्रवाह गर्दै आएको छ ।

योजनाको सुरुमा वैदेशिक रोजगारीमा जानेलाई मात्र सो सुविधा उपलब्ध भएकोमा अब विदेश जाने र फर्केकाहरुलाई समेत यो सु्विधा उपलब्ध गराइएको छ ।

परियोजनाअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केकालाई स्वरोजगार सम्बन्धी काम गर्न तीन लाख ऋण दिने र वैदेशिक रोजगारीमा जानेलाई एक लाख ५० हजार ऋण सुविधा उपलब्ध गराइनेछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..