१९ वर्षका बेहुला र ७२ वर्षीया बेहुली, यस्तो रह्यो पहिलो रात !

भनिन्छ प्रेम गर्नका लागि उमेरले अर्थ राख्दैन । निश्चय पनि प्रेम साँचो छ र यो कथनलाई सत्य सावित गरिदिएको छ अमेरिकाको एउटा जोडीले । जसले वास्तवमै उमेरलाई आफ्नो सम्बन्धमा बाधा बन्न दिएनन् ।

मात्र १९ वर्षका एक युवकले आफूभन्दा एकदुई होइन बरु ५३ वर्ष जेढी महिलासँग विवाह गरे र आफ्नो यौन सम्बन्धको अनुभवबारे खुलेर कुरा गरे ।

दुई वर्ष पहिला ७१ वर्षीया अलमेडा र १७ वर्षका गैरी हार्डविकको भेट भएको थियो । ‘मिरर युके’का अनुसार अलमेडाका छोरा रोबर्टको अन्तिम संस्कारका क्रममा उनीहरुको परिचय भएको थियो । त्यसपछि रोबर्टकी विधवा लिसाले यो जोडीलाई एउटा पारिवारिक कार्यक्रममा बोलाइन् । त्यतिबेला गैरीको एक अन्य ७७ वर्षीया वृद्धासँग ब्रेकअप भएको थियो। गैरीले माने कि अलमेडालाई देख्ने बित्तिकै लागेको थियो कि उनी नै उनको जीवनको अगामी महिला हुन् । त्यतिबेला अलमेडा ६ सन्तानकी हजुरआमा थिइन् ।

दुई साताको रोमान्सपछि नै गैरी र अलमेडाले विवाह गरे। दुवैको यो विवाहमा मात्र १२ हजार रुपैयाँ खर्च भयो । दुई वर्षपछि अलमेडा अब ७२ वर्षकी छन् र गैरी १९ वर्षका भए । यो जोडी कुनै पनि सामान्य जोडीजस्तै खुसी देखिन्छ । अलमेडा भन्छिन्–यदि तपाई कसैलाई माया गर्नु हुन्छ भने उमेर त मात्र एउटा आँकडा हो ।

गैरी भन्छन् कि उनलाई कहिले पनि आफ्नो उमेरका युवतीहरुप्रति आकर्षण भएन । उनले भने–मलाई थाहा थियो कि हामी दुई जना प्रेममा छौ । त्यसैले मैले अलमेडासँग विवाह गरेँ ।

गैरी भन्छन्–पहिलोपटक हामीले विवाहको रात यौन सम्बन्ध कायम ग-यौ, त्यो अनुभव शानदार रह्यो ।

गैरीले भने–अलमेडा ‘उत्कृष्ट प्रेमिका’ हुन् ।

यद्यपि अलमेडा यो विवाहका कारण आफ्नो छोराबाट भने अवश्य टाढा भइन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..