ट्र्याक्टर दुर्घटनामा परी एकको मृत्यु

बाजुरा । बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–४ छापुका ६० वर्षीय धननाथ योगी रहेका छन् । उनीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाली रहेका ग्यासका सिलिण्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेत नजिकै दुर्घटनामा परी घाइते भएका यागीको उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । ट्र्याक्टर दुर्घटना हुँदा सडकभन्दा एक सय मिटर तल खसेको प्रहरी निरीक्षक ठगुन्नाले जानकारी दिनुभयो । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..