कोरोना विरुद्धको खोप खरिदका लागि कोषमा योगदान गर्न सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपका लागि कोषमा योगदान गर्न आह्वान गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेकाले खोप कोषमा आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकाले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,a’ सूचनामा उल्लेख गरिएको छ ।

कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले रकम जम्माका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गर्दै आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..