संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधन उचितः अमेरिकी राष्ट्रपति ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गर्नुभएको छ ।

आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि गर्नुभएको भाषणको बचाउनु गर्नुभएको हो ।उहाँले आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको दावी समेत गर्नुभएको छ ।ट्रम्पले सो भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाव दिनुभएको थियो ।

त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए ।नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएको बताइएको छ ।

संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले भने राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् ।

यसैबीच, तल्लो सदनमा महाभियोग प्रस्ताव पेशभएसँगै उहाँले केहि स्थानमा संकटकाल लागू गर्नुभएको छ । तल्लो सदनमा महाभियोग प्रस्तावमाथि आज मतदान हुने तयारी छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..