म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा बर्नलेमाथि १–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पाहुनाटोली युनाइटेडलाई बर्नलेले पहिलो हाफमा भने बराबरीमा रोकेको थियो ।तर, ७१ औं मिनेटमा पौल पौग्बाले गोल गरेपछि युनाइटेड स्पष्ट तीन अङ्क लिन सफल भयो ।

नतिजासँगै शीर्ष स्थानमा रहेको युनाइटेडको ३६ अङ्क छ भने लिभरपुलको ३३ अङ्क रहेको छ । दुवै टिमले १७–१७ म्याच खेलेका छन् । यस्तै राति नै भएको अर्को खेलमा जित हात पार्दै एभर्टन तालिकाको चौथो स्थानमा पुगेको छ ।

एभर्टनले २–१ गोल अन्तरले लेस्टर सिटीलाई पराजित गर्दै तीन अङ्क जोडेको थियो । यसैगरी रेलिगेशन जोनमा रहेको सेफिल्ड युनाइटेडले जारी सिजनमा पहिलो जित हात पारेको छ ।

सेफिल्डले न्यू क्यासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक तीन अङ्क लिन सफल भयो । तालिकाको पुछारमा रहेको सेफिल्डको ५ अङ्क भएको छ । अरु दुई अङ्क भने बराबरीबाट लिएको थियो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..