ओलीको विरुद्ध अनेरास्ववियूको कार्टुन प्रदर्शन

काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम विरुद्ध सडकमा ब्यङ्ग्यात्मक कार्टुन प्रदर्शन गरेको छ। आन्दोलनरत अनेरास्ववियूको दोस्रो चरणको कार्यक्रम अन्तर्गत राजधानीको कमलादीस्थित डवलीमा सो प्रदर्शन गरिएको हो।

विरोध प्रदर्शनमा प्रधानमन्त्रीको असंवैधानिक कदमलाई ब्यङ्ग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियूले जनाएको छ । पौष ५ मा ओलीले संसद विघटन गरेपनि अनेरास्वावियूले भने संसद विघटन भएको मानिरहेको छैन ।

ओलीले संविधानमा कतैपनि नभएको व्यवस्थाअनुसार संसद विघटन गरेका थिए । ओललिे संसद विघटन गर्नु नेपाललाई सिक्किमीकरण तिर लैजानु भएको नागरिक अगुवाहरुले बताउँदै आएका छन् । ओलीले चालेको पछिल्लो कमदको आम नागरिक तथा राजानितिक दलहरु सबैले विरोध गरिरहेका छन् ।

कार्टुन प्रदर्शन कार्यक्रममा प्रतिगमन भारी छ, हाम्रो आन्दोलन जारी छ, संविधान माथि को रैछन्, केपि ओली पो रैछन्, जस्ता नारा लगाइएको थियोे । कार्यक्रममा प्रतिगमन नसच्चिंदा सम्म आन्दोलन जारी रहने भन्दै पुर्व निधारित कार्यक्रमअनुसार माग १ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले वताए ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..