
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता हुने बताएका छन् ।
एक टेलिभिजनको नियमित कार्यक्रममा कुरा गर्दै उप्रेतीले आफ्नो आधिकारिक परिचय पत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ उसैले नेकपाको नाम, चुनाव चिन्ह र झण्डा पाउने कानुनी प्रक्रिया र यसअघिको प्रचलन रहेको बताए । नेकपाको आधिकारिकता कस्लाई हो, भन्ने विषय विचाराधिन अवस्थामा रहेको बेला पूर्वप्रमुख आयुक्त उप्रतिले यस्तो बताएका हुन् ।
नेकपाका दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेर नहुने भन्दै उनले निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुने बताए । अहिलेको अवस्थामा प्रचण्ड–माधवसँग बहुमत केन्द्रीय सदस्य रहेको छ । कानुनत अहिले प्रचण्ड माधव समूह आधिकारिक हो ।
प्रचण्ड–नेपाल पक्षले विधान अनुसार ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा २ सय ९५ रहेको दावी गरेको छ भने ओली पक्षले नेकपाको विधान विपरीत केन्द्रीय सदस्य विस्तार गरेर १५ सय १ सदस्यीय बनाएको छ ।
यदि प्रमुख निर्वाचना आयुक्तले कानुनअनुसार निर्णय गर्दा आधिकारिक नेकपा प्रचण्ड–माधव समूहसँग प्रष्ट रहेको छ । कानुनअनुसार आधिकारिक नेकपा प्रचण्ड–माधव हुने छ ।