शिक्षा अधिकारीले नै पढाउने नाममा बालिकामाथि यौन दुर्व्यवहार गरेपछि…..

बर्दिया । पछिल्लो समय बलात्कार र यौन दुर्व्यवहार सबैजसो संचार माध्यममा छाउने गरेका छन् । ससाना बालिकादेखि वृद्धसम्म यौन हिंसाको शिकार बन्ने गरेको सार्वजनिक हुने गरेका छन् । यसै सिलसिलामा बर्दियामा शिक्षा अधिकारीसमेत यौन दुर्व्यवहार मुछिएका छन्।

जिल्ला प्रशासन कार्यालय बर्दियाअन्तर्गत रहेको शिक्षा विकास तथा समन्वय इकाइ का प्रमुख ज्ञानमणि नेपाललाई यौन यौन दुर्व्यवहारको आरोप लागेको हो । समन्वय इकाइको क्वाटरमा हिसाब सिकाउने बाहानामा यौन दुर्व्यवहार गरेको एक बालिकाले आरोप लगाएकी छन् ।
१५ बर्षिया बालिका फुपुकोमा केही दिन बस्न भनेर गत बिहीबार आएकी थिइन् । उनको फुपु सोही कार्यालयको कार्यालय प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्दै आएकी छन् ।

विद्यालय विदा भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर इकाइ प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको फुपुले बताएकी छन् । फुपु खाना पकाउनका लागि किचनमा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बाहनामा छेउमा बसेको बालिकाको दावी छ । पीडित बालिकाले भनेकी छन्– ‘पढाउने बाहनामा अंगालो हाल्ने, गाला चिमोट्ने र खुट्टामा खुट्टाले स्पर्श गर्ने खालका क्रियाकलाप गर्नुभयो, म पानी पिउँछु भनेर चुक्कुल खोलेर भागें ।’

पीडित बालिकाकी फुपुले बालिकापछि किचनमा आएर रोएको बताइन् । गलत कार्य गर्ने मनशायले व्यवहार गरेको प्रष्ट देखिन्छ उनले भनिन् –सही मनशाय थियो भने पढाउने समयमा किनभित्रबाट चुक्कुल लगाईयो ? पढाउँदा अंगालो हालेर पढाउनु पर्छ भन्ने छ र ?’

पीडित परिवारले यौन दुर्व्यवहारको आरोपमा मुद्दा दिने तयारी गरेको छ । पीडित बालिकाकी आमाले भनिन्हि–जो शनिबार भएकाले कानुनी प्रक्रियामा अगाडी बढाएनौ आज जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन्छौँ ।

यौन दुर्व्यवहारको आरोप लागेका इकाइ प्रमुख ज्ञानमणि नेपालले बुझाइको फरक परेको बताए । शरीरमा छोएर पढाउँदा नजिकपन बढ्ने र पढाईमा सकरात्मक असर पर्ने भन्दै आँफु नजिकिन खोजेको बताए । उनले भने–मैले बच्चालाई बढी माया गर्ने र पढाउन खोजेको कारणले म फसेँ । मेरो कुनै गलत धारण होइन खाली बच्चालाई पढाउन खोजेको कारणले मेरो चरित्र ्माथि दाग लगाउन खोजिएको हो । यौन दुर्व्यवहारको आरोपको खण्डन गर्दै नेपालले भने–‘मेरो गलत मनशाय थियो भने पानी पिउँछु भनेर उठ्दा जबरजस्ती तान्ने थिएँ होला त्यो त गरिन नि ?’

उनले समाचार प्रकाशन प्रसारण भएमा आत्महत्या गर्ने समेत धम्की दिएका छन् । घटना सामाजिक रुपमा बाहिर आएपछि आफ्नो चरित्र हत्या हुने बताउँदै बाँच्नुको कुनै अर्थ नहुने बताए ।

मानवअधिकारकर्मी महिलाहरुले गलत मनशायले नै पढाउने बहानामा दुर्व्यवहार गरेको देखिएको बताएका छन् । शिक्षा अधिकारीले पढाउन के जरुरी थियो ? नचिनेको बालिकालाई एक्कासी अंगालोमा हालेर पढाउनको अर्थ नकरात्मक भएको उनीहरुको भनाइ छ।

मुद्दा अगाडी नबढाउनका लागि अत्याधिक दवाव आइरहेका कारणले हालसम्म मुद्दा दर्ता गर्न नसकिएको पीडितका आफन्तजनले बताएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..