तीन शताब्दी बाँचेकी ताजिमाको निधन, उनको नाममा यस्ता रेकर्ड छन्

११७ वर्ष २ सय६१ दिनको उमेरमा जापानकी नबी ताजिमा नामकी एक महिलाको मृत्यु भएको छ। उनी जापानको दक्षिण–पूर्वी किकाई द्वीपमा बस्दै आएकी थिइन् ।

ताजिमाको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा उल्लेख थियो। उनलाई संसारकै सबैभन्दा लामो उमेरसम्म जिवित रहने व्यक्तिका रुपमा हेरिएको थियो।

मेडिकल रिपोर्टका अनुसार ताजिमाको मृत्यु अस्पतालमा भएको हो, जहाँ उनी यही वर्ष जनवरीमा भर्ना भएकी थिइन् । ताजिमाको नाममा कयौ रेकर्ड छ । उनी पूरा एसियामै सबैभन्दा बढी दिनसम्म बाँच्ने व्यक्ति बनिन् र यो मामिलामा सारा संसारमा उनी तेस्रो नम्बरमा रिहन् ।

गिनिज बुकका अनुसार ताजिमा अन्तिम व्यक्ति थिइन् जसको जन्म १९औं शताब्दीमा भएको थियो र २१औं शताब्दीसम्म जिवित रिहन् ।

अर्थात ताजिमासँग तीन शताब्दीसम्म बाँचेको अनुभव थियो । रेकर्डअनुसार ताजिमाको जन्म ४ अगस्त १९९० मा भएको थियो । उनी २०औं शताब्दीमा पनि बाँचिन र अन्ततः २१औं शताब्दीमा उनले संसारलाई अलविदा भनिन् ।

जापानी संचार माध्यमकाअनुसार ताजिमाका १६० वंशज छन् । यसमा उनका ९ सन्तान, २८ नातिनानिता, ५६ जना पनाति र ३५ जना खलाती छन् ।

ताजिमापछि जापानकै चियो योशिदा अब सबैभन्दा बढी उमेरसम्म बाँच्नेमा पर्दछन् । यो उमेरका कुनै पनि व्यक्ति यो संसारमा जिवित छैन । चियोको उमेर ११६ वर्ष भइरहेको छ।

जापानी टेलिभिजन एनएचकेका अनुसार ताजिमा जीवनको अन्तिम दिनका अधिकांश समय सुतेर बिताइन् । उनी लामो समयदेखि बोल्न सकिरहेकी थिइनन् । यद्यपि उनी दिनमा तीनपटक खान्थिन् । जापानको स्थानीय प्रशासनका अनुसार देशमा १ सय वर्षभन्दा माथि उमेर भएकाहरुको संख्या ६७ हजार छ ।

एसियाली मुलुकहरुमा १ सय वर्ष उमेरका यति धेरै मानिस छैनन् । यहाँसम्म कि जापान त्यस्तो देश हो जहाँ सबैभन्दा बढी बुढाबुढीको जनसंख्या छ। जापानको सरकारी तथ्याङ्कअनुसार २६ प्रतिशत आवादी ६५ वर्ष वा त्योभन्दा बढी उमेरकाहरुको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..