सर्वोच्च अदालतले अभिव्यक्ति स्वतन्त्रातामाथि प्रहार गर्न खोज्यो

काठमाडौं । सर्वोच्च अदालले संचार माध्यमलाई धम्क्याउनु् खेतजनक भएको प्रेस संगठन नेपालले जनाएको छ । अदालतले संचार माध्यमको नाम नै तोकेर विज्ञप्ति निकालेर कानुनअनुसार कार्वाही गर्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु खेतजक भएको प्रेस संगठन नेपालको संयोजक महेश्वार दाहालले बताएका छन् ।

दाहालले आज विज्ञप्ति जारी गर्दै रातोपाटी र नेपाल खबरले प्रकाशन गरेको समाचारलाई लिएर नामै तोकेर धम्की दिनु अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि प्रहार गर्न खोजेको बताएका छन् । उनले पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेर २०६२–६३ सालपछि आएको उपब्धि र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने आशंका भएको बेला सर्वोच्च अदालतले यस्तो विज्ञप्ति जारी गर्नु स्वतन्त्र अभिव्यक्तिमाथिको प्रहार भएको ठहर गरेको छ ।

प्रेस संगठनले सर्वोच्च अदालतमाथि पूर्ण विश्वास र भरोसा भएको पनि जनाएको छ । दाहालले सर्वोच्च अदालतको इतिहास र विरासतलाई निरन्तरता दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षक बन्ने विश्वास गरेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..