अनेरास्ववियूको बागमती प्रदेश स्तरीय भेला आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको अनेरास्ववियूको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आज हुँदैछ । अनेरास्ववियूले आज काठमाडौंमा बागमति प्रदेृश स्तरीय भेला राखेको हो । भेला आज दिउँसो राखिएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा दिनको १२ बजे हुने भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई पछिल्लो राजनीतिक परिस्थितिबारे प्रशिक्षित गर्न अगुवा भेलाको आयोजना गरिएको अनेरास्ववियूले जनाएको छ ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सरकार विरुद्ध पहिलो र दोस्रो कार्यक्रम चरणवद्ध रुपमा सफल पारीसकेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनमा रहेका नेकपा (प्रचण्ड–माधव)समूहले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..