प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

जनकपुरधाम। प्रदेश २ सरकारले आज बलिदानी दिवस मनाउँदैछ । मधेस आन्दोलनका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते प्रदेश २ सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा प्रथम सहिद रमेश महतोले सहादत प्राप्त गरेको सम्झनामा मधेसी दलले बलिदानी दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ।मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसका लागि सार्वजनिक बिदा दिइएको हो। दिवसका अवसरमा विभिन्न कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ ।

तर, मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारहरुले भने सरकारबाट कुनैपनि राहत र सहयोग पाउन सकेको छैन । सरकारले सहिदका सपना साकार गर्ने वाचा गरेपनि सहिद परिवारहरु बिचल्लीमा परेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..