ओली र प्रचण्डले यस्तो उद्घोष गरे

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एकता कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवशको अवसरमा पार्टी एकता संयोजन समितिले आईतबार काठमाडौमा आयोजना गरेको संयुक्तसभालाई सम्बोधन गर्दे ओलीले अब एकता रोक्नुपर्ने कुनै कारण नभए पनि एकतापछि समस्या नआओस् भन्नका लागि केही समय लागेको बताउनुभयो ।

विगतमा कसले कति गल्ती गर्यो भन्ने बारेमा अब सम्झिएर बस्न नहुने भन्दै उहाले अब कसरी अघि बढ्ने भन्ने बारेमा चर्चा गर्नुपर्ने धारणा राख्नुभयो । उहाले एकता प्रक्रिया निकै अघि बढेको बताउँदै फर्किने अवस्था नरहेको जिकिर गर्नुभयो ।

सम्बोधनका क्रममा पटक पटक कांग्रेसप्रति आक्रामक देखिएका प्रधानमन्त्री ओलीले कांग्रेसको पहिलो सरकारले नै कम्युनिष्टलाई प्रतिबन्ध लगाएको स्मरण गर्नुभयो ।उहाले माओवादी र एमालेले कांग्रेसलाई घिसारेर नल्याएको भए संविधान पनि नबन्ने अवस्था रहेको दाबी गर्नुभयो ।
ओलीले कांग्रेसलाई प्रतिक्रियावादीको संज्ञा दिदै प्रतिक्रियावादीबाट कम्युनिष्टहरुलाई निषेधको प्रयास भएको आरोप लगाउनुभयो ।

संयुक्तसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भएर शक्तिशाली कम्युनिष्ट केन्द्र बन्ने दाबी गर्नुभयो । उहाले वाम तालमेल दुई दलबीचको मात्र नभई जनताकै सम्पत्ति भएको बताउनुभयो । एकतामा कसैले पनि दायाँबायाँ गर्यो भने जनताले छुट नदिने कुरा प्रष्ट्याउनुभयो ।

प्रचण्डले सम्मानजनक, समानता र न्यायोचित परिस्थिति अनुसार पार्टी एकता हुने बताउनुभयो । एमाले संसदीय अभ्यास र माओवादी सशस्त्र आन्दोलन मार्फत समान्तवादको विरुद्धमा रहेको बताउँदै उहाले जनयुद्ध मार्फत गणत्नत्रमा जाने र शान्ति प्रक्रियामा आउने विषायमा एमालेसँग लामो छलफल भएको उल्लेख गर्नुभयो ।

ब्यानरको विषयमा लफडा भएपछि निर्धारित समयभन्दा घण्टौंपछि सुरु भएको कार्यक्रममा प्रचण्डले पार्टी एकता अत्यावश्यक भएको कुरा प्रष्ट पार्नुभयो । यसअघि व्यानरमा लेनिनको फोटो नभएपछि माओवादी कार्यकताहरुले नारावाजी गरेका थिए । दुवै दलबीच दुवै दलका छुट्टाछट्टै ब्यानर राखेर संयुक्तसभा अगाडि बढाउने सहमति भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..