कोरोना खोपको नीतिका कारण अपेक्षाअनुसारको सफलता हासिल हुँदैन : विश्व स्वास्थ्य संगठन

काठमाडौं । विश्व स्वास्थ्य संगठनले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ ।

संगठनका प्रमुख डा.टेड्रोस एड्हनोम गेब्रेरियससले धनी राष्ट्रका सक्षम मानिसले खोपमा प्राथमिकता पाउँदा गरिब राष्ट्रहरुमा कोराना नियन्त्रणको प्रयास असफल भएको टिप्पणी गर्नुभयो ।

उहाँले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने बताउनुभयो ।

अहिलेसम्म विश्वमा तीन करोड ९० लाख डोज खोप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको भन्दै प्रमुख गेब्रियससले यसबाट थप चुनौतीहरु आउने बताउनुभयो ।हालसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् ।

कोरोनाविरुद्धको खोप वितरण समान नरहेकाले यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने भन्दै संगठनले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दो हुने चेतावनी दिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..