वाग्मती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक आजका लागि बोलाउनुभएको छ ।

अविश्वासको प्रस्ताव सामना गर्न प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल तयार भए पनि कानुनविद् र दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भन्दै सभामुख श्रेष्ठले बैठक बोलाउन आनाकानी गरिरहनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएसँगै सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरूको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..