गैरआवासीय नेपाली सङ्घको विशेष महाधिवेशन आजदेखि सुरू हुँदै

एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि भर्चुअल विधिबाट सुरू हुँदैछ।

भोलिसम्म चल्ने विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा नवौँ महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदनर विधान संशोधनको साझा प्रस्तावमाथि छलफल गरेर पारित गरिने सङ्घले जनाएको छ ।

महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जनाप्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन कार्यक्रपछि सङ्घको विज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ।

विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुङ्गिएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..