नेपालमा फेरि पश्चिमी वायुको प्रभाव, अधिकांश स्थानमा मौसम बदली हुने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको बताएको छ।

केहीदिन उल्लेखनीय मौसमी प्रणाली नभए पनि हिजो साँझबाट पश्चिमी वायुको सामान्य प्रभाव सुरु भएको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको सूचना अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको तथा तराईमा हुसु र कुहिरो लागेको छ।

यसबाहेक बाँकी स्थानमा भने मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै आज रातीसुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..