भीमफेदी कुलेखानी सडक दुई महिनाका लागि बन्द हुने

काठमाडौं । काठमाडांैदेखि कुलेखानी, भीमफेदी हुँदै हेटौंडा जोड्ने सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द हुने भएको छ ।

भीमफेदी कुलेखानी सडकखण्ड निर्माण भइरहेकाले आउँदो चैत १० गतेसम्मका लागि बन्द गर्न लागिएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिनुभयो ।

भीमफेदी कुलेखानी सडक विस्तार तथा घुम्तीमा ढलान गर्न आयोजनाको निर्माण कार्यसँग सम्बन्धित सवारी साधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ छ ।

भीमफेदी कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेहरूलाई बैकल्पिक सडक प्रयोग गर्न पनि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले आग्रह छ।

भीमफेदी कुलेखानी सडक बन्द भएपछि काठमाडौ हेटौंडा यात्राका लागि त्रिभुवन राजपथ, कान्ति लोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने प्रवक्ता ओझाले जानकारी दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..