विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १५ हजार७ सय ५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २१ लाख १४ हजार ६ सय २० पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ६ लाख ४६ हजार ४ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमणपुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ८७ लाख १२ हजार ७ सय ९१ पुगेको छ ।

यस्तै हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये निको हुनेको सङ्ख्या ७ करोड ८९ लाख ५ हजार ८ सय ८३ पुगेको छ । हाल विश्वभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख २ हजार २ सय ८२ रहेको छ ।

पछिल्लो समय देखिएको कोरोनाको नयाँ प्रकारका कारण युरोपिय मुलुकहरु बढी प्रभावित बनेका छन् । जसमा रूस, बेलायत, फ्रान्स, स्पेन, इटली, टर्की, जर्मनीलगायतका रहेका छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..