खेलाडीको प्रोत्साहन भत्ता ६ महिनापछि निकासा

काठमाडौं । स्वर्ण पदक विजेता खेलाडीले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता निकासा भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हिजो रोकिएको प्रोत्साहन भत्ता निकासा भएको जानकारी गराएको हो । संघका अध्यक्ष दिपक श्रेष्ठले ६ महिनायता रोकिएको प्रोत्साहन भत्ता खेलाडीको बैंक खातामा जम्मा भएको बताउनुभयो ।

पछिल्लो ६ महिनाबाट रोकिएको ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीहरुको प्रोत्साहन भत्ता निकासा भएको हो ।

सरकारले ओलम्पियनलाई मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले ६ हजार र सागका स्वर्ण पदक विजेतालाई ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आइरहेको छ ।

खेलाडी संघले रोकिएको भत्ता पाउनुपर्ने माग गर्दै आइरहेको थियो । संघले गत पुस २२ गते नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामा (तामाङ) लाई ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो ।तर, नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेताले भने प्रोत्साहन भत्ताका लागि कुर्नुपर्ने भएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..