नेतृत्वमा भिजन,अठोट र इमान्दारीता भयो भने सरकारी अस्पताल परिवर्तन सम्भव छ : डा.पाण्डे

सरकारी अस्पतालहरु खासगरी सेवा सुविधाभन्दा पनि कर्मचारीको जागिरको थलो मात्र भएको देखिन्छ । तर त्रिशुली अस्पताल पछिल्लो समय नमुना अस्पतालको रुपमा रहेको छ । अस्पताललाई छोटो समयमा नै नमुना बनाउन सक्ने गरी कसरी काम भयो । अस्पतालको मेसु तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा.दिपेन्द्र पाण्डेसँग राजमर्गको लागि गरिएको कुराकानीको सम्पादित अंशः

त्रिशुली अस्पतालको जिम्मेवारी लिएर गएपछि अहिले यो अस्पतालको मुहार फेरिएको छ । यसमा तपाईको आफ्नो अनुभूति के छ ?

यसरी तारिफ आउँदा नै खुसी लाग्छ । अस्पताल अहिले जसरी व्यवस्थित हुँदै छ । त्यति मै त हामी खुसी र सन्तुष्ट छैनौं । म यहाँ आएको पनि लगभग २ महिना मात्र भएको छ । म यहाँ आएदेखि नै दिनरात नभनि काम गरिरहेका छौँ । यसले फरक अनुभूति त भएकै हो । म नेपाल सरकारको वरिष्ठ अर्थोपेडिक सर्जन पनि हुँ । त्रिशुली अस्पतालमा म आफै मेडिकल अधिकृत भएर काम गरिसकेको थिएँ । त्यसकारण यो अवस्था के हो । कस्तो हो । भन्ने राम्रोसँग थाहा थियो ।

त्यो अवस्थामा यो अस्पताललाई विरामी रिफर गर्ने अस्पताल मात्र भनिन्थ्योँ । ठुलो खालको सेवा सुविधा केही पनि थिएन । म पहिला काम गर्दा पनि सानो बिल्डिङबाट सेवा दिइरहेको थियो । त्यो पनि भुइचालोले भत्काए छ । त्यसपछि केही वर्ष टेण्डबाटसमेत सेवा दिनु पर्ने अवस्था थियो । त्यसपछि कोइकाले भवन निर्माण गर्दिएको रहेछ । यतिसम्म मलाई पहिल्यै थाहा थियो । तर काम विषेशले म नुवाकोट आउनु पर्ने थियो । यहाँ मेरो साथी हुनुहुन्थ्यो मेसु डा.प्रेम कुमार राई उहाँले यो अस्पताललाई एकदम राम्रो गर्नु भएको थियो । उहाँलाइ भेटे अस्पतालपनि गुमे उहाँले जग हालिसक्नु भएको रहेछ । उहाँले मलाई भन्नु भयो, अब म सरुवा लिएर जाँदै छु, त्यो रहर हैन । कुरै कुरामा डा.साव तपाई आउनु तपाईको खाँचो छ । भन्नु  भो । त्यसपछि मलाई के याद आयो भने म सरकारी चिकित्सक संघको अध्यक्ष भएको मान्छे । त्यो बेला देशव्यापी हड्ताल पनि गरेका थियौँ । त्यही बेला मैले जे भएपनि एक पटक काठमाडौं बाहिर गएर काम गर्नु पर्छ भन्ने सोचेको थिएँ । म प्रतिक्षामा नै थिए । यहाँ थाहा पाउन वित्तिकै मैले घरसल्लाह गरेँ । साथीहरुसँग पनि छलफल गरेँ । घर परिवार र धेरै साथीहरुले काठमाडौं छोडेर नजान सल्लाहा दिए । तर केही साथीहरुले प्रोत्साहन गरे । मलाई के लाग्यो भने यो निर्णय सहि वा गलत जे होला तर यसलाई सहि बनाउने प्रयास गर्नु पर्छ भन्ने लाग्यो । र म मन्त्रालय गएँ । सचिवलाई भेटेँ उहाँ एकदमै खुसी हुनु भयो । सामाजिक विकास मन्त्रालय गएँ त्याबाट पनि एकदमै हौसला दिनुभयो । र म यहाँ आए । चुनौति र अवसर दुवै थियो । चुनौति के थियो भने कोइकाले दिएको एउटा राम्रो भवन थियो । तर औजार उपकरण एथेस्ट थिएन । जनशक्तिको अभाव चरम थियो । यहाँ अर्को महत्वपूर्ण कुरा भनेको स्थानीयको मन जित्नु थियो । तर यहाँ स्टाफ न्युन भएपनि मोटिभेटेट गर्ने खालको छन् । म यहाँ नियुक्त भएर आएकै दिनदेखि अस्पताललाई माया गर्ने कर्मचारीहरुको ग्रुप बनाए । स्थानीयहरु पनि एउटा ग्रुप बनाए । जनप्रतिनिधि, सिडियो साव सबैसँग कुरा गर्दा सबैले हौसला दिनुभयो । कोभिड महामारीको थियो । यहाँ पिसिआर टेष्ट थियो । यो तीन वटा जिल्लाबाट बिरामी आउँछन् ।

सरकारी अस्पताललाई यसरी व्यवस्थित र स्तरउन्नती गर्न यति छोटो समयमा पनि सकिने रहेछ, यो सफताको मुख्य सुत्र के रहेछ ?

यो सफलताको सुत्र भनेको सामुहिक नेतृत्व हो । कर्मचारीहरुलाई मोटिभेसनहरु हुनपरो । अस्पताल बाहिरको स्थायीहरुले साथ दिन परो । जनप्रतिनिधिहरुले साथ दिन परो । हाम्रो जिल्लामा सिडियो सावको पनि ठुलो हात छ । सामाजिक विकास मन्त्रालय, संघिय मन्ँत्रालयहरुले पनि हामीले गरेको कामलाई हेरेर सहयोग गर्ने हो भने सफल हुने रहेछ । सामुहिक नेतृत्व र आफूमा एउटा अठोट र इमान्दारीता मुख्य कुरा हो ।

स्वास्थ्य क्षेत्र सुधार गर्न धेरै चुनौति छ भन्छन्, तर तपाईको यो छोटो समयको प्रगति र व्यवस्थापन हेर्दा त यसो भन्नु वाहाना हो, रहेछ जस्तो लाग्छ साँचै चुनौति हो कि वाहाना हो ?

अस्पताल भनेको तीन वटा कुरासँग जोडिएको हुन्छ । जनशक्ति, औजार उपकरण र भौतिक संरचना हुन पर्छ । यदि यो तीन वटालाई मिलाउन सकियो भने चुनौति हो । भौतिक पूर्वधार हाम्रो हातमा हुँदैन । औजार उपकरण र जनशक्ति पनि हाम्रो हातमा हुँदैन । यो मिलाउन सकियो भने यो चुनौति हो । तर  आफूसँग इच्छाशक्ति पनि छैन । जागिर मात्र खान आएको हो भने त्यो वाहाना हो ।

नेतृत्वगर्ने सबैको अस्पताल व्यवस्थापन र सेवा सुविधा चुस्त र पारदर्शी बनाउन इच्छा चाहान हुन्छ, तर सफल हुन सकिरहेको हुँदैन, त्यसको कारण के हो ?

यो सजिलो त छैन । आटेको १० वटा काममा  एउटा काम सफल होला । त्यो एउटा काम सफल हुँदा त्यसलाई जितको अनुभूति लिएर अर्को काम गर्न प्रत्साहित भएर अगाडि बढ्यो भने सफल हुन्छ । ९ वटा काम असफल भयो । आफूले पनि  केहि गर्न सकिएन । माथिबाट पनि केही सहयोग आएन । भनेर निरास भइयो भने केही गर्न सकिदैन ।

अर्को मुख्य कुरा भनेको सरकारी अस्पतालमा अस्पताल विकास समिति भन्ने हुन्छ । यो समितिमा अध्यक्ष राजनीतिक नियुक्ति हुन्छ । त्यसकारण यो अस्पताल विकास समितिले चाह्यो भने अस्पताल राम्रो पनि गर्न सक्छ । हैन उनीहरुले अस्पताललाई वास्था गरेन भने अस्पताल विफल पनि हुन्छ । त्रिशुली अस्पतालको मुहार फेरिनु चाहिँ अस्पताल विकास समितिको पनि ठुलो हात छ । यो अस्पताल विकास समितिको अध्यक्ष मभन्दा पनि बढी खटिनु हुन्छ । हामी त एउटा सरकारी सेवा सुविधा लिएर काम मगर्ने मान्छे । तर उहाँ त राजनीतिक नियुक्ति लिएर आएका मान्छे हुन् । तर पनि यति धेरै उत्साहित भएर लाग्नु भएको छ ।

यसरी सबैसँग सहकार्य र सम्मन्वय कसरी गर्न सकिन्छ ? तपाईले कसरी गर्नु भएको छ ?

खासमा नेपालमा सरकारी अस्पतालहरु किन राम्रोसँग चलिरा छैन, भने यहाँ प्रयाप्त मात्रामा स्टाफ छैन । पहिलो कुुरा दरबन्दि नै छैन । दोस्रो भएको ठाउँमा पनि फुलफिल भएको छैन । त्रिशुली अस्पतालको कुरा गर्नु हुन्छ भने एक सय ५० जनामा ३०–३१ जना स्थायी र ४० जना करारको हुनुहुन्छ । जनसख्या बढ्दो छ । विरामीको चाप बढ्दो छ । यस्तो अवस्थामा स्टाफलाई मोटिभेसन गर्नु ठुलो कुरा हो । हामीले काठमाडौंका एउटा अस्पतालले दिने सबै सुविधा हामी दिन्छौं भनेर लाग्यौं । तर हामीलाई सबैभन्दा ठुलो चुनौति भनेको न्युन कर्मचारी थियो । हामीले स्टाफ थपिहाल्ने अवस्था पनि छैन । हामीले हारगुहार गर्ने हो । तर स्टाफहरु पाइदैन । स्टाफ थप्न अस्पताल विकास समितिको ठुलो हात छ ।

त्यसकारण आफूसँग भएको स्टाफलाई प्रोत्साहन गर्नु पर्दछ । यसको लागि आ–आफ्नो अस्पतालको तरिका हुन्छ । हामीले हाम्रो अस्पतालमा कर्मचारीलाई प्रोत्साहन गर्न एउटा समिति बनायौं । अस्पताल विकास समितिले निर्णय गरेर उहाँहरुले काम गरेअनुसार भत्ता दिने, अतिरिक्त काम गरेवापत भत्ता दिने निर्णय गरेका छौं ।

त्योसँगै औजार उपकरणहरुको पनि त्यतिकै मात्रामा आवश्यकता रहेको हुन्छ । त्यो मन्त्रालय तथा उपल्लो निकायबाट पनि आउँछ । साथै हामीले दातृ निकायहरुलाई पनि गुहा¥यौं । जस्तो एनएआइ जस्ता सस्थाहरुले हामीलाई धेरै औजार उपकरणहरु दिनु भयो । अस्पताल राम्रो बनाउन स्थायीहरुको भूमिका राम्रो हुनुपर्छ । त्यसकारण अस्पताल आफै स्थानियकोमा पुग्नु पर्दछ । स्थानीयसँग गएर छलफल गर्नु पछैन । त्यसबाट आफ्नो कमिकजोरी थाहा पाउनु वित्तिकै त्यसलाई सुधारी हाल्नु पर्छ ।

तपाई नेतृत्वको हिसावले सफल हुनुभयो, तर व्यक्तिगत लाभ हानीको हिसावले त तपाई घाटा भएको छ । यदि उपत्यकामा भएको भए त अन्य अस्पतालमा ओभर टाइम गरेर भएपनि थप कमाउन सक्नु हुन्थ्यो ?

पहिलो कुरा आफूले आफूलाई सफल भएको मान्दिन । हाम्रो एउटा भिजन छ । ६ महिना भित्र के गर्ने, २ वर्ष भित्रमा के गर्ने भनेर मिटटम गोल र ५ बर्ष भित्रमा के गर्ने भनेर लङकटम गोल बनाएका छौं । त्यो अनुसारले हामी चलेका छौं । अहिले हामी ट्रयापमा छौं । हामीले अहिले हाम्रो योजनामा नै हिडेका छौं । हाम्रो लङ्कटम गोल पुरा भएपछि मात्र हामी सफल हुन्छौं ।

मेरो व्यक्तिगत लाभ हानीको कुराभन्दा पनि म भित्रको इच्छा मलाई साथीहरुले दिएको साथ हो । कसेकम एउटा अस्पतालको मुहार फेरिन्थ्यो भने, नुवकोट भनेको एउटा बक्ति मुनिको अध्यरो हो । काठमाडौंबाट नजिक भएपनि यहाँको विरामी सबै काठमाडौं रिफर गर्नु पर्ने छ, यहाँ आएर केही परिवर्तन गरौ भनेर आएको छु । मलाई यस्ले नै सन्तुष्टि दिन्छ । एउटा मर्न लागेको विरामीलाई एम्बुलेन्समा राखेर काठमाडौं पठाउदा बाटैमा म¥यो भनेको सुन्दा जति पिडा हुन्छ, त्यो भन्दा यही आइसियू, भेन्टिलेटरमा राखेर बचाउदा एउटा उर्जा दिन्छ । अब म आफै एक चिकित्सक एक स्वास्थ्यकर्मी हुनुपर्छ भनेर लडेको मान्छे । त्यसकारण मलाई निजि अस्पताल तिर त्यति चासोपनि छैन । सरकारी अस्पतालहरुको व्यापक सुदृढिकरणको अभियान ल्यायो भने बल्न यो दुर्गम क्षेत्रका मानिसहरु काठमाडौं छोडेर आउँछन्, जस्तो लाग्छ ।

नेपालको स्वास्थ्य क्षेत्रको अवस्था अहिले दलालीकरणको अवस्थामा छ, यो क्षेत्र धेरै संवेदनशिल क्षेत्र भएपनि खेलाची बढी छ, यसलाई रोक्न के गर्नु पर्छ ?

यसमा नेतृत्वकै कुरा आउँछ । दृढ इच्छाशक्ति भएको नेतृत्व ल्याउने र अस्पतालको विषयमा अलि बुझेको, भिजन भएको, इच्छाशक्ति भएको मानिस जो आफै गर्छु भन्ने हुनुपर्छ । जवरजस्ति टप टिपेर ल्याएर अस्पतालमा नियुक्ति दिने, कसैको चिनजानेको भरमा, राजनीतिक नियुक्ती गर्ने, कसैको आफन्त भएको भरमा ल्याउने हो भने त्यो अस्पतालले केही पनि गर्दैन । तर इच्छाशक्ति भिजन भएको मानिसलाई छानेर, परिक्षा लिएर अस्पतालको नेतृत्वमा खटाउने र थप केही सेवा सुविधा दिने हो भने नेपालको सरकारी अस्पतालहरुमा परिवर्तन आउँछ । अहिले मेरो हकमा हेर्नु हुन्छ, भने मेरो जेनेरेसनको साथीहरु जहाँ जहाँ गउका छौं हामी एक अर्कामा कोडिनेसनमा छौं । हामी एक अर्कामा आफ्नो कामको बारेमा छलफल गर्छौँ । अस्पतालको नेतृत्वमा जाने व्यक्तिको सहि छनौट हुनु पर्दछ । र त्यसले  स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउन सक्छ । म आउनुभन्दा पहिले यही अस्पतालबाट विरामी काठमाडौं लिएर जाने र पैसा लिएर एम्बुलेन्स चालकले निजि अस्पतालमा विरामी लाने गरेको कुरा पनि सुन्नामा आएका थिए । अहिले विरामी रिफरपनि घटेको छ ।

सरकारी जागिएर खाएकाहरु प्राय काठमाडौं उपत्यका बाहिर जान मान्दैन, गइहाले भनेपनि धेरै बस्दैनन्, तर तपाई मज्जाले काम गर्नु भएकोछ, अस्पताललाई नै एउटा नमुना बनाउनु भएको छ । बिषेश गरेर डा.सावहरु काठमाडौं उपत्यका छाडेर बाहिर जान नचाहानुको कारण के हो ?

यसमा म चिकित्सकहरुको कमजोरी ठान्दिन । किनभने एक जना चिकित्सक बनिसकेपछि आफूले जानेको सिप भरपुर प्रयोग गर्न चाहान्छन् । आफूले जानेको सिप पनि प्रयोग गर्न नसक्ने अस्पतालमा आफू जानु परो भने त आफूले जानेको कुरा पनि हराउँछ । यो मुख्य कारण हो । त्यसका लागि अस्पतालले चिकित्सक अकर्षण गर्नु परो । एउटा अस्पताल बनाएको छ । त्यहाँ अप्रेसन गर्ने सुविधा छैन । तर तपाई त्यहाँ सर्जन त्यहाँ जावोस् भन्ने चाहानु हुन्छ । एउटा अस्पताल छ, जाहाँ सिटिस्क्यान मेसिन छैन, तर त्यहाँ रेडियोलोजिष्ट किन पुगेन भनेर प्रश्न गर्नु हुन्छ । पहीलो कुरा अस्पताललाई भौतिक संरचना र औजार उपकरण सहित व्यवस्थापन गर्ने र चिकित्सकलाईसमेत अकर्षण गर्ने खालको बनाउने । हामी भौतिक संरचना नबनाउने बनाए एउटा घर बनाउने अनि चिकित्सक गएन भन्ने । यसमा सबैभन्दा बढी सरकारकै कमजोरी छ । सरकारले सरकारी अस्पतालको सुदृढिकरण मार्फत भौतिक पूर्वाधार र औजार उपकरण सम्पन्न बनाउनु् पर्छ अनि मात्र चिकित्सक त्यहाँ जान्छ ।

दोस्रो कुरा आर्थिक पक्ष हो । अहिलेपनि एउटा चिकित्सकको तलव भनेको ४०–४५ हजार हो । पढ्ने बेला विभिन्न रिक्सलिएर पढिन्छ । ४०–४५ हजार कमाउन मान्छेले दुर्गममा गएर आफ्नो घरपरिवार, श्रीमति छोडेर, छोरा,छोरीको पढाइलाई कम्प्रमाइज गरे त्यसरी जान उनलाई कठिनाइ छ । आफू स्वयंलाई पनि बस्न कठिनाइ हुन्छ । सरकारले सन्तोष जनक रुपमा सेवा सुविधा, भत्ता दिने र अस्पतालाई विकास गर्ने हो भने यो समस्या समाधान हुन्छ ।

उपत्यका भित्र बसेर सेवा दिनु र उपत्यका बाहिर रहेर सेवा दिनुको फरक के पाउनु भयो ?

उपत्यका भित्र रहेर काम गर्दा र उपत्यका बाहिर रहनुको फरक धेरै छ । उपत्यका भित्रको अस्पतालहरुबाट सेवा दिदै गर्दै हामीले प्रत्यक्ष सम्पर्कमा आउँदैनौं । किनभने त्यहाँ देशको दुर दराजबाट आएका हुन्छन् । तर यहाँ त पहिलो सम्पर्क बिरामीसँगै हुन्छ । विरामीसँग राम्रो आत्मीयता हुन्छ । उपत्यकामा त्यस्तो खालको आत्मीयता पाइन । यहाँ विरामीको नाम, ठेगाना मात्र हैन घरसमेत थाहा हुन्छ । विरामीले कोसेलीसमेत ल्याइदिने हुन्छ । चिकित्सकहरुले पनि कहिले काँही आर्थिक सहयोग लगायत विभिन्न किसिमको सहयोग गर्ने हुन्छ । विरामीको घरमा नै गएर सेवा दिन माया, आत्मीयता बढ्ने हुन्छ ।

तपाई अन्य अस्पतालको जिम्मेवारी लिनु भएका डा. सावहरुलाई के सुझाव दिनुहुन्छ ?

पहिलो कुरा नेतृत्वमा केही गर्छु भन्ने इच्छा शक्ति हुन परो । अर्को कुरा जागिर खान आएको मनस्थितीबाट डाढा हुन पर्छ । सबै स्टाफहरुको अबिभाभकत्व ग्रहण गर्न सक्नु पर्छ । स्टाफहरुलाई प्रत्साहित गर्ने, मोटिभेटेट गर्ने, त्यो आर्थिक रुपमा, स्किल डेभलबको रुपमा पनि गर्न सकिन्छ । हामीले के ग¥यौं भने अस्पतालका सबै स्टाफलाई निशुल्क उपचार व्यवस्था ग¥यौं, काठमाडौंबाट विभिन्न व्यक्तिहरु बोलाएर स्टाफहरुलाई तालिमहरु सञ्चालन गरेका छौं । अस्पताल भित्र रहेको स्टाफहरुमा पनि सिनियरहरुले जुनियरलाई सिकाउने गरेका छौं । स्थानीयहरुसँग राम्रो सम्बन्ध बनाउने, जनप्रतिनिधि, प्रशासन लगायत मन्त्रालयहरुसँग राम्रो सम्बन्ध बनाउन सक्नु पर्छ । आफूहरुसँग भएको समस्याको आफै भित्र छलफल गरेर समाधानको विकल्पसहित जाँदा आफूहरुको समस्या सामाधान हुन्छ । अन्र्तराष्ट्रिय निकायहरु, संघ सस्थाहरुसंग पनि राम्रो सम्बन्ध राख्नु पर्दछ ।

 

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..