पुनर्कर्जाको आकार बढाएर दोब्बर बनाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको आकार बढाएर दोब्बर बनाउने तयारी गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि तोकिएको १ खर्ब बराबरको पुनर्कर्जा रकमलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बढाएर २ खर्ब पु¥याउने तयारी गरेको हो।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको सुरक्षणका रूपमा राष्ट्र बैंकले यस्तो कर्जा उलपब्ध गराउँदै आएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षका लागि तोकिएको १ खर्ब बराबरको पुनर्कर्जा रकममध्ये ८५ अर्ब रूपैयाँ स्वीकृत भइसकेको छ भने बाँकी १५ अर्ब रूपैयाँका लागि माघ १६ गतेसम्म निवेदन माग गरिएको छ।

बजारमा तरलतालगायतको परिस्थिति हेरेर आवश्यकताका आधारमा राष्ट्र बैंकले यसबारेमा चाँडै निर्णय गर्ने पनि उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वीकृत भएको ८५ अर्ब रूपैयाँ बराबरको पुर्नकर्जामध्ये ७४ अर्ब रूपैयाँ बैंक खातामा गइसकेको पनि प्रवक्ता भट्टले बताउनुभयो ।

राष्ट्र बैंकले अन्तिम चरणका लागि माघ १६ सम्म म्याद राखेर पुनर्कर्जा माग आवेदन माग गरिएको छ। गत आर्थिक वर्षमा पुनर्कर्जाको सीमा ४२ अर्ब रूपैयाँ बराबर मात्रै थियो।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..