अमेरिकी सेनामा पारलैङ्गिकमाथि लगाइएको प्रतिबन्ध हटाइयो

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले अधिकांश ट्रान्सजेण्डर (पारलैंगिक) अमेरिकनमाथि सेनामा सेवाका लागि डोनाल्ड ट्रम्प प्रशासनले लगाएको प्रतिबन्ध फुकुवा गर्नुभएको छ।

बाइडेनले कार्यकारी आदेश जारी गरी ट्रम्प शासनकालमा सेनामा सेवा गर्नबाट अधिकांश ट्रान्सजेण्डर अमेरिकीलाई प्रतिबन्ध गर्ने व्यवस्था खारेज गर्नुभएको हो । हिजो बाइडेनले रक्षा मन्त्री लोयड अस्टिनको उपस्थितिमा सेनामा प्रवेशका लागि ट्रान्सजेण्डरको मार्ग प्रसस्त गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभयो ।

बाराक ओबामाले ट्रान्सजेण्डरको सेना प्रवेशमा गरेको व्यवस्थालाई ट्रम्पले उल्ट्याउनुभएको थियो ।

ट्रम्पले सेनामा ट्रान्सजेण्डमाथि प्रतिबन्ध लगाउने गरेको व्यवस्था डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले खारेज गर्ने निर्णय गरेको थियो भने एलजिबिटिआइक्यू अधिकारकर्मीले सो व्यवस्था विभेदकारी रहेको भन्दै आलोचना गर्दै आएका थिए।गएको हप्ता सिनेटमा भएको आफ्नो नियुक्ति सम्बन्धी सुनुवाईको क्रममा रक्षा मन्त्री अस्टिनले प्रतिबन्धात्मक व्यवस्था खारेज गर्ने पक्षमा आफ्नो मत राख्नुभएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..