नेकपा उपाध्यक्ष गौतम पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लाग्नुभएको छ ।

ललितपुरको धोबीघाटस्थित एक सभाहलमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो । सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ । तर, ओली र प्रचण्ड आउने–नआउने निश्चित छैन ।

गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र नेपालले गरेका छन् । दुवै पक्षले एकअर्का पक्षका नेताहरुलाई कारबाही गर्ने, संगठन पुनर्गठन गर्ने र देशव्यापी सभा गर्दै गालीगलौजमा उत्रिने गर्दै आएका छन् । उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिनुभएको छ ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र घरमा आउनेहरुलाई सक्दो सहयोग एवम् सम्मान गरी समाजवादी शैली अपनाउन सबैलाई अपिल समेत गर्नुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..