नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने संयुक्त राष्ट्र संघको अनुमान

काठमाडौं । संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसंघको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर माइनस ० दशमलव १ प्रतिशतमा झर्नेछ । यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आव २०२०/२१ मा आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशत रहने अनुमान गरेको थियो ।

संयुक्त राष्ट्रसंघले एक कदम अगाडी बढ्दै यो वर्ष आर्थिक वृद्धिदर माइनसमा पुग्ने अनुमान गरेको हो ।कोरोना भाइरसको महामारीका कारण थला परेको अर्थतन्त्र उठाउने प्रयास विश्वका सबैजसो मुलुकले गरिरहेका छन् । नेपालले आगामी आवमा भने ८ प्रतिशतको वृद्धिदर हासिल गर्न सक्ने अनुमान संयुक्त राष्ट्रसंघको छ ।

अघिल्लो आर्थिक वर्षमा ० दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । संयुक्त राष्ट्रसंघले सो आर्थिक वर्षमा समेत वृद्धिदर माइनसमा पुग्ने उल्लेख गरेको छ । उक्त आर्थिक वर्षको आर्थिक वृद्धिदर माइनस शून्य दशमलव ५ प्रतिशत रहने प्रक्षेपण राष्ट्रसंघको रहेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार यो वर्ष दक्षिण एसियामै सबैभन्दा कमजोर अवस्थामा नेपाल पुग्नेछ । किनकी नेपालभन्दा माथि पाकिस्तान रहने र उसको आर्थिक वृद्धिदर ० दशमलव ५ प्रतिशत रहने अनुमान संयुक्त राष्ट्रसंघको रहेको छ ।सबैभन्दा राम्रो वृद्धिदर माल्दिभ्सले प्राप्त गर्नेछ । उक्त मुलुकको आर्थिक वृद्धिदर ९ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..