प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदै

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले यो मुद्दाको निरन्तर सुनुवाइ गरिरहेको छ । आजको सुनुवाइमा इजलासले वकिलहरूलाई बहसका लागि समय तोकिदिने छ ।

यसबारे जानकारी हिजोको बहस सकिएपछि प्रधानन्यायाधीश जबराले गराइसक्नु भएको छ । बहसमा नसमेटिएका विषय लिखत बहसनोटमा उपलब्ध गराउन उनको सुझाव छ । करिब तीन सयजना कानुन व्यवसायीको वकालतनामा भए पनि दैनिक दुईतीन जनाले बहस गर्ने गरेका छन् ।

सोमबारदेखि हिजोसम्म ६ जनाले मात्र बहस सकेका छन् ।निवेदक देव गुरुङ पक्षका मात्र ६६ कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन् । तर, तीन दिनमा जम्मा ६ जनाले बहस सकेका छन् ।

वकिलले बढी समय लिन थालेपछि हिजो अन्तिममा राणाले समयको ख्याल गर्न भनेर सुझाव दिनुभएको थियो । १३ वटा रिट निवेदनमा बहसका लागि करिब तीन सय जनाले वकालतनामा बुझाएको र फैसला आउन ढिलाइ हुने भन्दै प्रधानन्यायाधीश जबराले विषय नदोहो¥याइ छोटो बहस गर्न बारम्बार वकिलहरूको ध्यानाकर्षण गराउँदै आउनुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..