प्रिमियर लिग क्रिकेट हुने

नेपाल अग्रवाल युवा मञ्चले रु चार लाखको लागतमा आठौँँै मारवाडी प्रिमियर लिग क्रिकेटको आयोजना गर्ने भएको छ । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको सो प्रतियोगिता आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म विराटनर महानगरपालिका–२ स्थित शङ्करपुरमा हुने नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष मोहित अग्रवालले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, महेश्वरी युवा मञ्च, ओस्वाल युवा मञ्च, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्च र मेंढ स्वर्णकार युवा मञ्च गरी पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने टोलीलाई ट्रफीका साथै रु ४१ हजार प्रदान गरिने छ । दोस्रो हुने टोलीलाई ट्रफी र नगद रु १५ हजार प्रदान गरिने अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । यस्ता प्रतियोगिता नेपाल युवा मञ्चले निरन्तरता दिइरहेको र आगामी दिनमा पनि प्रतियोगिता गराइरहने मञ्चका उपाध्यक्ष प्रदीप अग्रवालले जानकारी गराउनुभयो ।

विजेता टोलीले रु एक लाख ११ हजारको पुरस्कार पाउने

प्रथम पुरस्कार रु एक लाख ११ हजार पाउने उद्देश्यले फुटबल प्रतियोगिता पनि गरिने भएको छ । खेलका उपविजेता टीमलाई रु ७५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार, उत्कृष्ट किपर, डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा सर्वाधिक गोलकर्तालाई रु १० हजार पुरस्कार प्रदान गर्नाको साथै प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु तीन हजार १०० का दरले नगद प्रदान गरिने विराट बुद्ध स्पोर्टिङ क्लबका अध्यक्ष रोहित कोइरालाले बताउनुभयो ।

विराट बुद्ध स्पोर्टिङ क्लब विराटनगरले फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । विराट बुद्ध स्पोर्टिङ क्लबद्व्रारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले खेलको माध्यमबाट युवाहरुलाई सक्रिय बनाउन तथा खेलाडी उत्पादन गर्न यस किसिमको खेलको आयोजना गरेको बताउनुभयो ।

इन्टर कलेज अन्डर २१ नकाउट फुटबल प्रतियोगिता यही फागुन २८ गतेदेखि शुरु हुनेछ । खेलमा मोरङ जिल्लाभरिका आठ कलेजले सहभागिता जनाउने भएका छन् । फुटबल खेल विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा हुनेछ । प्रतियोगिताको विजेता टिमलाई रु एक लाख ११ हजार नगद र उपविजेता टिमलाई रु ७५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..