पुरुषको मन, महिलाको शरीर र भर्चुअल रियालिटीको कमाल

हामी जस्तो देख्छौ त्यसको सिधा असर हाम्रो व्यवहारमा पर्दछ। पछिल्लो एक दशकबाट भइरहेको एक शोधले सावित गरेको छ कि जब हामी हाम्रो छविको दर्पण या अन्य माध्यमबाट देख्छौ तब त्यसको असर हाम्रो दिमागमा पर्दछ। र, हामी हाम्रो शरीरप्रति अधिक संवेदनशील हुने गर्दछौ । हाम्रो दिमाग जे देख्छ त्यसलाई स्वीकार गर्दछ। त्यसपछि हामी त्यही कुरालाई अपनाउदछौ ।

पछिल्लो पटक गरिएको एक शोधका क्रममा पाइएअनुसार पुरुषलाई उसको शरीर महिलाको हो भन्ने महशुस गराउने हो भने त्यसको असर उसमा निकै ठुलो पर्ने गर्दछ।

यो प्रविधिमा प्रयोगकर्तालाई उस अन्य कसैको शरीरमा छ भन्ने महशुस गराइने गर्दछ।

युनिभर्सिटी अफ बार्सिलोनाका मेल स्लेटर र उनको टिमले यो प्रविधि विकसित गरेको हो । यसको परिक्षणका क्रममा केही पुरुष स्वयमसेवीलाई एउटा ह्याण्डफोन र शिरमा लगाउनका लागि हल्का हेडसुट दिइयो । यो लगाएपछि पुरुषहरु एउटा भर्चुअल कोठामा प्रवेश गरे । कोठामा एक जना महिला उभिएकी थिइन् भने एक जना बसेकी थिइन् । २४ वर्षिय पुरुष प्रयोक्तालाई तिनै भर्चुअल महिलासामु उभ्याइयो । यसमध्ये आधा प्रयोक्तालाई उनीहरुको आफ्नो अवतारमै रहन दिइयो । तर, आधा पुरुषलाई ती युवतीको अवतारमा बदलिदिइयो ।

यसबाट जब ती पुरुषले तल मुन्टो घुमाएर आफ्नो शरीर हेरे उनीहरुले पाए कि उनी एक युवतीको शरीर बनिसकेका थिए । ती युवती त्यसपछि प्रयोक्ताको शारीरिक हलचलको आधारमा व्यवहार गर्न लागिन् । अब ती महिला ती युवतीको कांधमा हात राखेर थपथमाउन लागिन – दुवै टिमका पुरुषलाई यो महशुस गराइयो।

यसपछि सबै पुरुषको भ्यूपोइन्ट परिवर्तन गरेर छततिर गरियो । अर्थात कि उनीहरुलाई यस्तो लाग्यो कि अब उनीहरु छतमा गइसकेका छन् र तल हेरिरहेका छन् । ती भर्चुअल महिला अहिले पनि भर्चुअल युवतीको कांधमा थपथपाइरहेकी थिइन् तर अचानक ती महिलाले युवतीको गालामा तीन थप्पर हानिन्।

वैज्ञानिकहरुले अचानक भएको यो क्रिया र यसको असर नोट गरे । जुन पुरुषले केही क्षणअघि युवतीको अवतारलाई आपनाएका थिए उनले बताए कि उनलाई महशुस भयो कि गालामा थप्पर हनियो । ती पुरुषको मुटुको धड्कन पनि निकै बढेको थियो । जुन पुरुषमा यसको सबैभन्दा बढी असर प¥यो उनीहरुले स्वीकार गरे कि युवतीको शरीर अपनाएको महशुस उनलाई सबैभन्दा बढी भयो।

यो शोधबाट सावित हुन्छ कि हामी जुन कुरा देख्छौ त्यसको कति असर हाम्रो दिमागमा पर्दछ । भविष्यमा यो प्रविधिको प्रयोग गेमिङ्ग तथा अन्य क्षेत्रमा हुन सक्दछ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..