चालु आर्थिक वर्षको सातौं महिनासम्मको तथ्याङ्क अनुसार नेपालमा वस्तु आयात उच्च

काठमाडौं । चालु आर्थिक वर्षको सातौँ महिनामा आइपुग्दा वस्तु आयात उच्च दरमा बढेको छ। भन्सार विभागले तयार गरेको तथ्याङ्कअनुसार माघमा आइपुग्दा वस्तुको आयात ३० दशमलव ७५ प्रतिशतले बढेको हो।

माघमा १ खर्ब ४२ अर्ब ३९ करोड रूपैयाँको वस्तु आयात भएको छ। गत वर्षको माघमा १ खर्ब ८ अर्ब ९० करोड रूपैयाँको वस्तु आयात भएको थियो। माघमा निर्यात १८ प्रतिशतले बढेको छ।

भन्सार विभागका अनुसार माघमा मात्रै ९ अर्ब ११ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।

जुन गत वर्षको यही महिनामा ७ अर्ब ६९ करोड रूपैयाँको मात्रै थियो। आयात उच्च परिमाणमा बढ्दा त्यसको सकारात्मक प्रभाव भन्सार राजस्वमा देखिएको छ। भन्सार राजस्व एकै महिनामा ५२ दशमलव ७८ प्रतिशतले बढेको छ।माघमा ४१ अर्ब ५९ करोड रूपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ। जुन गत वर्ष २७ अर्ब २२ करोड रूपैयाँ मात्रै थियो।

भन्सारमा दैनिक औसत १ अर्ब ३८ करोड रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।आर्थिक वर्षको पहिलो ७ महिनाको तथ्याङ्कमा भने आयात झिनो अङ्कले मात्रै बढेको छ। साउनदेखि माघसम्ममको एकीकृत तथ्याङ्कअनुसार आयात ० दशमलव ००५ प्रतिशतले बढेको छ भने निर्यातमा ७ दशमलव ६२ प्रतिशतले वृद्धि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..