जलेश्वर नाकाबाट ६ करोडभन्दा बढीको इन्धन भित्रियो

जनकपुरधाम । महोत्तरीको जलेश्वर भन्सार नाकाबाट चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा ६ करोडभन्दा बढी मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ ।

सो अवधिमा सबैभन्दा बढी पेट्रोल भित्रिएको जलेश्वर भन्सार कार्यालयले जनाएको छ । तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघसम्मा ६ करोड ७३ लाख ४७ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ भारतबाट आयात भई नेपाल भित्रिएको हो ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी संघीय सरकारले गरेको नाकाबन्दीको कारण सुरुमा पेट्रोलियम पर्दाथको आयत घटेपनि केहि महिनादेखि आयात क्रमशः बढ्दै गएको भन्सार अधिकृत गुनराज सुवेदीले बताउनुभयो ।

सो अवधिमा पेट्रोल र खना पकाउने ग्यास तथा कोईलाको आयात भने घटेको छ । नेपाल सरकारले भारतको मोतिहारीबाट पाइपलाइनमार्फत् पेट्रोलियम पदार्थको आयतले गर्दा जलेश्वर भन्सार कार्यालयबाट आयतमा कमी भएको भन्सार प्रमुख सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..