म्यान्मारमा सैनिक कूपछि सेनाको बख्तरबन्द गाडी सडकमा, इन्टरनेट सेवा बन्द

म्यान्मार । म्यानमारमा सैनिक कूपछि सेनाले सडकमा बख्तरबन्द गाडी तैनात गरेको छ ।

निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले म्यान्मारका अधिकांश शहरमा बख्तरबन्द गाडी तैनात गरेको छ ।

विपक्षीप्रति थप कडा हुँदै सेनाले इन्टरनेट सेवा पूर्ण रुपमा बन्द गरेको छ । नेपाली समय अनुसार गएराति सवा १२ बजेदेखि सेनाले इन्टरनेट सेवा पूर्ण रुपमा बन्द गरेको हो ।

नेतृ आङ साङ सूचीसहितलाई पक्राउ गरि सेनाले फेब्रवरी १ मा सत्ता आफ्नो कब्जामा लिएको थियो । त्यसपछि विरोधमा सर्वासाधारण, पेशाकर्मी, भिक्षुसहित विरोधमा उत्रिएका छन् ।

हिजो लगातार नवौँ दिन विरोध प्रदर्शन जारी रह्यो । सुरक्षाकर्मीले उत्तरी राज्य काचिनमा प्रदर्शनकारीमाथि गोली चलाएको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विरोध बढ्दै गएपछि सेनाले हतियारले सुसज्जित गाडीसहित सडकमा तैनाथी बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..