ओली सरकारको उपहार, पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगातार

काठमाडौं । नेपाल आयल निगमले एक सातामै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

गएराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय १४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दावी छ ।यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो ।

निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा हिजो नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..