उडेको सात महिनापछि मंगल ग्रहमा नासाको अन्तरिक्ष यान सफल अवतरण

न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ ।

अमेरिकी पर्सिभिअरन्स नामको अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए ।सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो ।

मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिसनको महत्वपूर्ण सफलता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..