रामेछापको देउरालीमा फागुन २० गतेदेखि २४ गतेसम्म भलिवल प्रतियोगिता हुने

 रामेछाप। रामेछाप नगरपालिकाको वडा नम्बर २ देउरालीमा भलिवल प्रतियोगिता  हुने भएको छ । वडा कार्यालयको आयोजनामा सितलादेवी माध्यमिक विद्यालयको वार्षिक उत्सवको अवर पारेर विद्यालय प्रागणमा दुई चरणको भलिवल प्रतियोगिता आयोजना गरिएको देरालीको वडा अध्यक्ष नीर कुमार श्रेष्ठले जानकारी दिए । उनले वडा भित्रको टोलस्तरीय र खुल्ला गरी दुई चरणको प्रतियोगिता सुरु हुन लागेको जानकारी दिए ।

आयोजना फागुन २० गतेदेखि २४ गतेसम्म सितला देवी माविको प्रागणमा हुने श्रेष्ठले जानकारी दिए । उनकाअनुसार दुई चरणको प्रतियोगितामा पहिलो प्रतियोगिता टोलस्तरीय हुने छ । टोलस्तरीय २० र २१ गते हुने छ ।  खुल्ला प्रतियोगिता  २२ देखि २४ गतेसम्म हुने छ । उत्सवको अवरमा आयोजना गरिएको प्रतियोगितामा सबैलाई सहभागिता जनाउनपनि अध्यक्ष श्रेष्ठले सबैलाई आग्रह गरेका छन् ।

प्रतियोगितामा विजयहरुलाई विभिन्न किसिमको पुरस्कार राशीको व्यवस्थापन पनि गरिएको छ । टोलस्तरीय प्रतियोगिताका विजयहरुलाई पहिला, दोस्रो, तेस्रो र सान्तोनासहित सिल्ड, मेडल प्रमाणपत्रको व्यवस्था गरिएको छ । पहिलो पुरस्कार राशी दश हजार, दोस्रो पुरस्कार राशी सात हजार, तेस्रो पुरस्कार राशी पाँच हजार र सान्त्वोना पुरस्कार राशी तीन हजारको रहेको छ ।

त्यस्तै खुल्ला तर्फको पहिलो पुरस्कार राशी ७५ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । दोस्रो पुरस्कार ४० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । तेस्रो पुरस्कार २५ हजार सिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । भने सान्त्वोना पुरस्कार दश हजार रहेको छ । साथै उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..