अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बैशाख २३ बाट सुरु हुँदै, ३१ देशका ६३ चलचित्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं ।  अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बैशाख २३ बाट सुरु हुने भएको छ । कोरानोको कारण आयोजना गर्न नसकेको महोत्सव बैशाख २३ मा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अध्यक्ष केपी पाठकले जानकारी दिएको छ ।

पाठक्ले आज एक विज्ञप्ति जारी गरी महोत्सव बैशाख २३ मा हुने जानकारी दिएको हो । महोत्सवमा भागलिनको लागि ५२ देशबाट ४ सय ५० वटा चलचित्र आएकोमा यो चौथो महोत्सवमा ३१ देशका ६३ चलचित्रले मात्र सहभागिता पाउने छ ।

छनौट समितिले दिएको अंकको आधारमा धेरै अंक पाउने चलचित्रले मात्र यो महोत्सवमा भाग लिन पानउने छ । यो चलचित्रमा प्रतिस्प्रधिमध्ये उत्कृष्ट चलचित्रले विभिन्न पुरस्कारहरु पनि पाउने छ ।

विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्मसंस्कृति’ को विकास गर्ने उद्देश्यसहित यो फेस्टिभल सूरु भएको थियो । यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि बितरण गरिने तयारी गरिएको छ। कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त नीफले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रतिस्प्रर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ । भने अन्तराष्ट्रिय फिडिरेसन अफ फिल्म सोसाइटि अवार्ड उत्कृष्ट फिचर फिल्मको लागि प्रदानगरिने छ । यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्टएभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बाग्मती अर्वाड यथाव तरुपमा प्रदानगरिने छ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाईरुलाई १ लाख, उत्कृष्ट सर्टफिल्मलाई नगद ५० हजार प्रदान गरिने छ  ।

प्रेसविज्ञप्ती

मिति २०७७ फागुन८

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले 

 वर्षेनी आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (निफ) को लागि संसारका ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएका थिए। यो कोरोनाको महामारिमा पनि हामीलाई विश्वाश गरेर चलचित्र पठाउनु हुने संसारका चलचित्रकर्मीहरुलाई आभार ब्यक्त गर्न चाहन्छौ।

यो महामारिको बेलामा यती धेरै विश्वाश गरेर चलचित्र पठाउनु भएता पनि बिभिन्न सिमितताले गर्दा सबैदेशको सबै राम्रा फिल्म छन्न वा प्रदर्सन गर्न सम्भब नहुने कुरा सबैलाई बिदितैछ। हाम्रो आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्यबाट ३१ देशका ६३ चलचित्रलाई चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको छ।

कोरोना महामारिका कारण केही पुरा हुन नसकेका र केही रिलिज नभएको कारण सुरक्षाले गर्दा पनि होला नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत खासै फिल्महरु आउन नसकेको र अलीटाईम मागेको तर हामीले पूर्वनिर्धारित मिती भएको कारणले आज छनौट फिल्मको नामाबली सार्वजनिक गर्नैपर्ने कारणले सो प्रतिस्पर्धाको लागि नेपाली फिचर फिल्म फाईनल नागरिकन अरु प्रतिस्पर्धाको लागि छनौट गरिएका चलचित्रको नामसार्वजनिक गरिएको छ।

त्यसै गरी केही बिशेष, उत्कृष्ट र बिषय प्रधान चलचित्रहरु पनि प्राप्त भयो भने अप्रतियोगी हुने गरी प्रदर्सन गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ।

हामीले निफको चौथो संस्करण २०२१ फेबु्रअरी २४ देखि २८ (फागुन १२ देखि १६ सम्मं) काठमाडौंमा गर्ने तयारीसहित विश्वभरका फिल्मकर्मीलाई सहभागिताका लागि आहवान गरेका थियौं। सोअनुसार हामीलाई उत्साहपूर्ण रुपमा चलचित्रहरु प्राप्त भए तर, कोभिड–१९ पछि फैलिएको महामारीका कारण विश्वभरका फिल्मकर्मीलाई एकजुट बनाइ हलमै फेस्टिभल गर्ने हाम्रो चाहाना पुरा गर्न फागुनभन्दा बैशाख बढी सहज र सुरक्षित हुने ठानेर पहिले उल्लेखित मितीबाट आगामी २०७८ बैशाख २३ मा सारीएको जानकारी गराएका थियौ।

हामीले पूर्वघोषित प्रतिबद्दताअनुसार चौथो (नीफ)मा प्रतिस्पर्धा र प्रदर्सन गरिने चलचित्रहरुका नामाबली सार्वजनिकगरेका छौ। महोत्सबको अरु जानकारी आगामी दिनहरुमा गराउने नै छौ। विश्वका कथाहरुको कथ्य उत्सव भन्ने नाराका साथ ‘फिल्मसंस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि बितरण गरिने छ।।कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्ने छन्।

अन्तर्राष्ट्रिय प्रतिस्प्रर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतमबुद्ध अवार्ड प्रदान गरिने छ भने अन्तराष्ट्रिय फिडिरेसन अफ फिल्म सोसाइटि अवार्ड उत्कृष्ट फिचर फिल्मको लागि प्रदानगरिने छ । यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्टएभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई ५ सय डलर राशिको बाग्मतीअर्वाड यथावतरुपमा प्रदानगरिने छ।त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाईरुलाई १लाख, उत्कृष्ट सर्टफिल्मलाई नगद ५० हजार प्रदान गरिने छ ।

केपी पाठक

अध्यक्ष

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..