औषधिहरुको झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गरिने

काठमाडौं । औषधि व्यवस्था विभागले औषधिहरुको झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गर्ने भएको छ ।

विभागले सूचना जारी गर्दै फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालहरुमा औषधिहरुको भ्रमात्मक प्रचार प्रसार गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

विभागले औषधि ऐन, २०३५ दफा १९ बमोजिम औषधिको झुठा वा भ्रमात्मक प्रचार गर्न नहुने व्यवस्था भएकाले यदि त्यसो गरिएको पाइए कारबाही गरिने पनि बताएको छ ।

विभागको सूचनामा भ्रमात्मक प्रचार प्रसार गरी औषधिको मूल्यमा छुट लगायतका प्रलोभन देखाई बिक्रि वितरण कार्य भइरहेको तथा औषधिहरुको विज्ञापन समेत भइरहेको भन्ने उजुरी विभागमा परेकाले ती कार्य नगर्न÷नगराउन पनि भनिएको छ ।

साथै त्यस्तो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..