प्रतिनिधिसभा विघटनविरुद्धको संघर्ष चर्काउने प्रचण्ड–नेपाल समूहको तयारी

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले सांगठनिक संरचना टुङ्गो लगाउने र प्रतिनिधिसभा विघटनविरुद्धको संघर्ष चर्काउने विषयमा अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी गरेको छ ।

निर्देशन जारी गर्नका निम्ति पार्टी सचिवालयले तयारी गरिरहेको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताउनुभयो । त्यसका मुख्य विषय एकीकरणलाई टुङ्गो लगाउने र संघर्षलाई सशक्त बनाउनेमा केन्द्रित हुने शाक्यको भनाइ छ ।

आवश्यक परेको खण्डमा निर्वाचन आयोगसँग कानूनी लडाइ, सर्वोच्चसँग संवैधानिक लडाइ र सरकारसँग राजनीतिक लडाइँलाई चर्काउनुपर्ने भएकाले त्यसका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन जारी गर्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।

नेकपाको प्रचण्ड–माधव समूहले आफ्नो समूहमा खुलेका केन्द्रीय सदस्यहरूको केपी ओली र प्रचण्डले हस्ताक्षरित परिचयपत्र सङ्कलन गरिसकेको छ । भौतिक रूपमा उपस्थित हुनुपर्ने भएकाले तयारी रहन निर्देशन आउन सक्ने शाक्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..