सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास छ : प्रचण्ड

फागुन ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास रहेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । शान्तिपूर्ण रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले भने, ‘हाम्रो अदालतप्रति पूर्ण विश्वास छ, संविधानको भावनाअनुसारको सही फैसला गर्छ भन्ने विश्वास छ ।’

संसद विघटनलाई प्रतिगमन भन्दै अध्यक्ष प्रचण्डले विघटन विरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा दिए । ‘अहिलेको युद्ध जनताले जित्नु छ,’ प्रचण्डले भने ।

पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।

प्रचण्डले भने, ‘एकताको झण्डा हामीले उठाएका हौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध जनताले जित्नु पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..