कोरोना भाइरस खोपस् कोभिशील्ड ५५ वर्ष माथिका कस्ता मानिसले लगाउने ? यसप्रकार छ चिकित्सकको सुझाव

सरकारले फागुन २३ गतेदेखि सुरु हुने दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिकलाई खोप दिने तयारी गरिरहेको छ।

तर बढी उमेर भएका र कुनै रोग वा दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले निर्धक्कसँग त्यस्तो खोप लगाउन मिल्ने हो वा होइन भन्ने विषयमा जिज्ञासा उठ्ने गरेको छ।

भारतले अनुदानमा दिएको १० लाख मात्रा खोपमध्ये अहिलेसम्म चार लाख मात्राभन्दा बढी खोप प्रयोग भइसकेको अधिकारीहरूले जनाएका छन्।

त्यसबाहेक नेपालले भारतबाट गत आइतवार मात्रै १० लाख मात्रा खोप खरिद गरेको छ। त्यतिनै मात्रा थप खोप खरिद गर्नका लागि सम्झौता भइसकेको पनि बताइएको छ।

नेपालले भारतबाट ल्याएको कोभिड खोपबारे हामीलाई के थाहा छ ?
फागुन २३ देखि ६० वर्षमाथिका सबैलाई कोभिड खोप, यसरी दिइनेछ
नेपालमा ५५ वर्ष माथिको उमेर समूहकाहरूले खोप लगाउँदा ध्यान दिनुपर्ने कुराहरू के के हुन् त ?

कोभिड खोप कसले लगाउन हुँदैन ?
चिकित्सकहरूका अनुसार केही अवस्थामा बाहेक सामान्यतया सबैले कोरोनाभाइरसको खोप लगाउनु हुन्छ।

खोपमा भएका केही तत्त्वहरूप्रति एलर्जी छ भने खोप लगाउन नहुने सङ्क्रामक रोग विशेषज्ञ डा। अनूप सुवेदी बताउँछन्।

त्यस्तै खोपको पहिलो मात्रा लगाउँदा ‘नराम्रो कडा प्रतिक्रिया उत्पन्न भएको अवस्थामा पनि खोप लगाउन हुँदैन।’

कोभ्याक्स सुविधा के हो र कसरी काम गर्छ ?

सामान्यतया सबैले खोप लगाउन हुने र त्यसमा पनि बढी उमेर भएकाहरूले त अनिवार्य रूपमा नै कोभिड-१९ विरूद्धको खोप लगाउनुपर्ने डा. सुवेदी बताउँछन्।

‘त्यो किनभने रोगबाट सबैभन्दा बढी जोखिममा उहाँहरू हुनुहुन्छ,’ उनले भने।

‘उच्च रक्तचाप, मधुमेह वा अन्य किसिमका दीर्घ प्रकृतिका रोग भएकाहरूले झन् उमेर मात्रै नभई रोगका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा पनि जोखिम बढी हुने भएकाले खोप लगाउन महत्त्वपूर्ण हुन्छ।’

कोभिड खोप लगाउने मेरो पालो कहिले आउँछ ?
के खोपले नयाँ प्रकारको कोरोनाभाइरसविरूद्ध काम गर्छ
भारतबाट ल्याइएको कोभिशील्ड खोपको उत्पादक कम्पनीले निश्चित किसिमको ‘रगत पातलो गर्ने कडा खाले औषधि (एस्पिरीनबाहेक) प्रयोग गर्नेहरूले’ खोप लगाउँदा विचार पुर्‍याउन सङ्केत दिएको पनि उनी बताउँछन्।

तर त्यस्ता औषधि सेवन गरिरहेकाले अरू धेरै खोप लिँदा समस्या नभएको र नेपालमै पनि स्वास्थ्यकर्मी वा सरसफाइ कर्मचारीहरूले खोप लगाउँदा त्यस्तो कुनै प्रतिक्रिया उत्पन्न नदेखिएको डा। सुवेदीको भनाइ छ।

भारत सरकारले निःशुल्क उपलब्ध गराएको १० लाख मात्रा कोभिशील्ड प्रयोग गरेर नेपालमा गत महिना खोप अभियान सुरु भएको थियो

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी खोप केन्द्रहरूमा सबैले निश्चित विवरण सहितको फारम भर्नुपर्ने व्यवस्था गरिने र खोप लिन आएकाहरूको स्वास्थ्य अवस्थाबारे अनिवार्य सोधिने बताउँछन्।

‘सामान्यतया कसैलाई पनि कोभिड भएको छ र निको भएको छ भने आठ हप्तासम्म खोप लगाउन मिल्दैन। रगत पातलो बनाउने औषधि सेवन गर्नेहरूले पनि खोप लगाउन मिल्दैन। गर्भवती वा सुत्केरी महिलाहरूले पनि लगाउन मिल्दैन,’ उनले भने।

‘अन्य मानिसको हकमा सबै कुराहरूको परामर्श गरेर खोप लगाइनेछ।’

खोप केन्द्रमा पुगेर लगाउन नमिल्ने भनेर फर्किनुपर्ने अवस्था आउन नदिन आफूहरूले समुदायस्तरमा नै सूचना तथा जानकारी पुर्‍याउने र बुझाउने कुरामा पनि ध्यान दिएको उनले बताए।

‘लगाउन नमिल्नेहरूलाई गाउँघरमै सम्झाउने स्थिति सिर्जना गर्नेगरी अघि बढेका छौँ’ उनले भने।

के खाने, के नखाने ?
कोभिडको खोप लगाउनुअघि वा पछि निश्चित खाना खाँदा खोप बढी प्रभावकारी वा कम प्रभावकारी हुने भन्ने नहुने चिकित्सकहरू बताउँछन्।

सामान्य आफूले सधैँ खाइरहेको खाना खाँदा समस्या हुँदैन।

हालसम्म नेपाल लगायत संसारका अन्य मुलुकमा पनि कोभिडको खोप लगाएपछि मानिसहरूलाई ज्वरो आए जस्तो हुने, जिउ दुख्ने वा बिसन्चो हुने जस्ता लक्षणहरू देखिएको पाइएको छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि कोभिड खोप लगाएपछि देखिने तर हानिकारक नठानिएका त्यस्ता लक्षणहरूबारे उल्लेख गरेको छ।

स्वास्थ्यकर्मीपछि वृद्धवृद्धालाई कोभिड खोप नदिनु ‘अस्वीकार्य’
विदेश यात्रा गर्न राहदानीसँगै अब ुखोप लगाएको प्रमाणपत्र पनि आवश्यक त्यस्तो बेला शरीरमा पानीको मात्रा कम भएको हुन सक्ने कुरामा ध्यान दिनुपर्छ।

त्यस्तै मद्यपानले शरीरमा पानी कम हुने अवस्था सिर्जना गर्ने र रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाइदिन्छ भन्ने पुराना अध्ययनहरूले देखाएको कारण मदिरा सेवन नगर्नु उचित हुने डा। सुवेदी सुझाव दिन्छन्।

सरकारले करिब १२० स्थानबाट एकै पटक देशव्यापी रूपमा खोप कार्यक्रम अघि बढाएको थियो

‘मद्यपान कुनै पनि बेला गर्नु राम्रो होइन। खोप लगाएको बेला वा त्यसको वरपर गर्नु झन् राम्रो भएन’ उनले भने।

नेपालमा सामान्य रूपमा खाइने खानेकुरा खाँदा फरक नपर्ने डा। अधिकारी पनि बताउँछन्।

खोप लगाएकाहरूले मद्यपान भने नगर्नरनगराउन आफूहरूले भन्ने उनले बताए।

‘जनस्वास्थ्यका हिसाबले यो कहिल्यै पनि नगर्दा राम्रो कुरा हो,‘ उनले भने।

‘खोप लगाउँदा एक/दुई दिन मद्यपान नगर्नूस् नै भन्छौँ। खोप दिइसकेपछि रोग प्रतिरोधात्मक क्षमता शरीरमा विकास हुनलाई दुई हप्ताजति समय लाग्छ। त्यो बीचमा नगर्नूस् नै भन्छौँ।’

खोप लगाउनासाथ के गर्नुपर्छ ?
हालसम्म खोप दिइने स्थानको अवस्था हेर्दा मानिसहरू खोप लगाउनेबित्तिकै आफ्नो काममा हिँडेको देखिएको तर विभिन्न सावधानी अपनाउँदा त्यस्तो गरिहाल्न भने नहुने चिकित्सकहरू बताउँछन्।

खोप लगाएपछि कम्तीमा १५ देखि ३० मिनेटसम्म खोप केन्द्रमै बस्नुपर्ने डा। सुवेदीको भनाइ छ।

कुनै पनि किसिमको प्रतिक्रिया शरीरमा देखिए तुरुन्तै हेरविचार गर्न मिल्नेगरी खोप लगाउने र लगाइदिने दुवैथरीले व्यवस्था मिलाउनु पर्ने भएकाले हतार गर्न नहुने सुवेदी बताउँन्।

अरू औषधि सेवन गर्न हुन्छ कि हुँदैन ?
खोप लगाएपछि जिउ दुख्ने वा ज्वरो आउने जस्ता लक्षणहरू कम उमेर समूहका व्यक्तिहरूमा देखिएको चिकित्सकहरूले बताएका छन्।

‘कसैलाई ज्वरो आयो जिउ दुख्यो भने प्रशस्त पानी पिउने। चिकित्सकले खान हुँदैन भनेका औषधि सेवन नगर्ने,’ सुवेदीले भने।

विदेश यात्रा गर्न राहदानीसँगै अब ‘खोप लगाएको प्रमाणपत्र पनि आवश्यक’
फागुन २३ देखि अर्को चरणको खोप अभियान
डा. अधिकारीले आफूखुसी औषधि प्रयोग नगर्दा उचित हुने बताएका छन्।

कोभिशील्डले कसरी काम गर्छ ?
अक्सफर्ड-आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सीरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो।

आफूले प्रत्येक महिना कोभिशील्ड खोपको पाँच करोडभन्दा बढी मात्रा उत्पादन गरिरहेको उक्त कम्पनीको दाबी छ।

यो खोपको प्रकार ‘भाइरल भेक्ट’ हो।

अर्थात् यसमा आनुवंशिक स्वरूप परिवर्तन गरिएको ‘निष्क्रिय’ भाइरसलाई वाहकका रूपमा प्रयोग गरिएको हुन्छ।

अक्सफर्ड आस्ट्राजेनेका खोपलाई डब्ल्यूएचओले आपत्कालीन अनुमति दिँदा नेपाललाई कस्तो फाइदा
गरिब देशले कसरी पाउलान् कोभिड खोप
चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकी गराउने एडिनोभाइरसलाई निस्तेज पारेर यो खोप बनाइन्छ। रोग लगाउने सामर्थ्य नभए पनि त्यसलाई कोरोनाभाइरसजस्तै देखिने बनाइएको हुन्छ।

वाहकका रूपमा प्रयोग गरिएको एडिनोभाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको भए पनि त्यसले सङ्क्रमण गर्दैन।

उक्त खोप दिइएपछि मानिसको रोग प्रतिरोध प्रणाली सक्रिय हुन्छ जसबाट शरीरमा एन्टिबडीहरू बन्छन्। शरीरभित्र प्रवेश गर्ने कोरोनाभाइरससँग लड्ने काम एन्टिबडीको हो।

यो खोपको दुई मात्रा चारदेखि १२ साताको अन्तरमा दिइन्छ।

BBC Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..