काँग्रेस नेताहरु चुनावी समीक्षामा यसरी आफूआफूमा आरोपप्रत्यारोपमा उत्रिए

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा निर्वाचनको समिक्षा गर्दे केन्द्रिय सदस्यहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पक्षबीच निर्वाचनको परिणामलाई लिएर आरोप प्रत्यारोप भएको हो ।

बैठकमा पौडेल पक्षले निर्वाचनमा भएको पराजयको कारणलाई लिखित रुपमा नै महासमिती बैठकमा लानुपर्ने धारणा राखेका छन् । त्यस्तै सभापति शेर बहादुर देउवा पक्षले गुट उपगुटका कारण निर्वाचनमा घात भएको भन्दै कारवाहीको माग गरेका छन् ।

निर्वाचनको समिक्षा गर्न बैठक गत चैत ९ गते शुरु भएको हो । चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको बैठक आईतबारबाट पुनः शुरु भएको हो ।

मंगलबारसम्म केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सकिने र बैठक बुधबार सम्पन्न हुने प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाले निर्वाचनको परिणामका बिषयमा नै बैठक केन्द्रित भएको बताउनुभयो ।

बुधबार बैठक समापन गर्दै सभापति देउवाले निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाई पदाधिकारी अनुमोदन गर्ने तयारीमा हुनुहुन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..