घाइते पत्रकारको उद्धार हुन सकेन

फागुन १७, मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ बिच्छ्यामा आइतबार घट्टेबगर खोलामा लडेर गम्भीर घाइते भएका पत्रकारको उद्धार हुन सकेको छैन ।

एक सातादेखि उक्त क्षेत्रमा समाचार सङ्कलनका लागि गएका रेडियो नेपाल र नेपाल समाचारपत्र दैनिकमा कार्यरत पत्रकार दयाराम पण्डित सोही गाउँपालिकाको घट्टे बगरको खोलामा रहेको काठेपुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएको नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार दिउँसो काठेपुलको फोटो खिच्ने क्रममा चिप्लिएर करीब २० मिटर तल खसेर टाउको र शरीरका अन्य भागमा चोट लागेको छ । घाइते भएपछि स्थानीय र कुन्ना प्रहरी चौकीले उद्धार गरी बिच्छ्या स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टाउकामा चोट लागेकाले थप उपचारका लागि जिल्लामा सम्भव नभएकाले बाहिर लैजानुपर्ने स्वास्थ्य चौकीले जनाएको छ । टाउकाको सिटीस्क्यान गर्नुपर्ने भएकाले जिल्लामा उपचार सम्भव नहँुदा अवस्था गम्भीर रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

दुर्गममा रहेकाले हेलिकप्टरमार्फत उद्धारका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल प्रेस युनियन केन्द्रीय समितिलाई पहल गर्न आग्रह गरिएको प्रेस युनियनका अध्यक्ष प्रेमबहादुर रौलेले बताए ।

कोल्टीमा बस पुग्यो

जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टीमा आइतबार बस पुगेको छ । कोल्टी क्षेत्रमा स्थानीयलाई सहजरुपमा यातायातको पहुँचमा पु¥याउन र सुविधाका लागि पहिलो पटक आइतबार मिनी बस सञ्चालनमा ल्याइएको स्थानीयवासी लालबहादुर रोकायाले बताए ।

मार्तडी हुँदै कोल्टीमा पहिलोपटक बस पुगेको हो । कोल्टीमा पहिलोपटक बस पुगेपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन् । कोल्टीमा बस पुगेसँगै नियमितरुपमा कोल्टी हुँदै हुम्लासम्म नियमित यातायात सञ्चालनमा आउने भएको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..