फागुन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षको नेकपाको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ।
आज बसेको सचिवालयको बैठकले फागुन १९ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको हो।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको
प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको जनाइएको छ।
सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको नेकपा सचिवालय सदस्यहरूको बैठकले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।