नेकपा निकट कर्मचारी संगठनको संयोजकमा विश्वनाथ प्याकुरेल चयन


फागुन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल समूह निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको छ । नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालको प्रमुख आथित्यमा तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको हो । एमालेले र माओवादीबीच ०७५ जेष्ठ ३ गते एकता भएपनि कर्मचारी संगठनबीच एकता हुन सकेको थिएन ।

आज भएको एकतासभाले तत्कालीन एमाले निकट पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल संयोजक बनेको छ । यस्तै तीनजना सहसंयोजक मध्य माओवादी निकट मणिरत्न श्रेष्ठ, मोहनमान स्वाँर र एमाले निकट प्रेमकुमार खनाललाई चयन गरेको छ । दुई महासंघबीचको एकतापछि संगठनको नामा पेसागत महासंघ नेपाल राखिएको छ । एकता घोषणा सभाले ३ सय ३१ सदस्यीय अधिवेशन आयोजक संयोजक समिति गठन गरेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..