फ्रान्सका पूर्वराष्ट्रपति निकोलासलाई अदालतले जेल सजाय तोक्यो

फागुन १८, काठमाडौं । फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई एक अदालतले भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप लागेको थियो ।

निकोलस जेल सजाय पाउने फ्रन्सका पहिलो पूर्व राष्ट्रपति भएका छन्। यो मुद्दामा उनीसँग उनका दुई वकिलहरु समेत मुछिएका छन् । सन् २०१४ मा सार्कोजीले न्यायाधीशलाई गरेको फोन प्रहरीले ट्याप गरेसँगै यो मुद्दा चर्चामा आएको थियो । सार्कोजी र उनका वकिलहरुले न्यायाधीशलाई प्रभावित पार्न खोजेको पाइएको अदालतको ठहर छ ।

सर्कोजीका वकिलका अनुसार अदालतले सुनाएको यो फैसलाविरुद्धमा अपिल गर्ने जनाएका छन् । यो प्रक्रिया पूरा नहुँदासम्म सर्कोजी स्वतन्त्र हुनेछन् । यो प्रक्रिया सकिन केही वर्ष लाग्न सक्छ ।

फैसला सुनाउने क्रममा न्यायाधीश क्रिस्टिन मीले सर्कोजीलाई आफूले नराम्रो काम गर्दै छु भन्ने थाहा भएको र पूर्व राष्ट्रपति र उनका वकिलको कार्यले न्यायालयको छवि बिगारेको बताएकी थिइन् ।

फ्रान्सको इतिहासमा यो मुद्दालाई निकै महत्वपूर्ण मानिएको छ । सार्कोजीले गरेको अपिल असफल भएको अवस्थामा उनलाई सुनाइएको जेल सजाय भने आफ्नै घरमा बसेर पूरा गर्न सक्नेछन् । सार्कोजी सन् २००७ मा पाँच वर्षको लागि फ्रान्सको राष्ट्रपति बनेका थिए ।

सार्कोजीमाथि फ्रान्समा सन् २०१२ को निर्वाचन प्रचार अभियानमा सीमाभन्दा धेरै रकम खर्च गरेको र सन् २००७ को निर्वाचन प्रचारको लागि लिबियाका तत्कालीन शासक मुआमार गद्दाफीबाट पैसा लिएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..